Madhes Khabar
स्वास्थ्य हेडलाइन

वीरगन्जका डा. अबुल हैस अन्सारी प्रबल जनसेवा श्री पदकबाट विभूषित

वीरगन्ज ,१बैशाख :वीरगन्ज हेल्थकेयर हस्पिटलका अध्यक्ष एंव सञ्चालक डाक्टर अबुल हैस अन्सारी , प्रबल जनसेवा श्री पदकबाट विभुषित भएका छन् ।

शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा आयाेजित समाराेहमा राष्ट्रपति रामचन्द्र पाैडेलले डाक्टर अन्सारीलाई प्रबल जनसेवा श्री पदक प्रदान गरेका हुन् ।त्यसअवसरमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायतका उच्चपदस्थ व्याक्तिहरुकाे पनि उपस्थिति रहेकाे थियाे ।

काेराेना महामारीका बेला आम जनतालाई गरेकाे सहयाेग तथा स्वास्थ्य क्षेत्रमा पुरयाएकाे याेदानकाे कदर गर्दै नेपाल सरकारकाे सिफारिसमा गत असाेज ३ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले डाक्टर अन्सारीलाई प्रबल जनसेवा श्री पदक दिने निर्णय गरेकी थिइन् । त्यहि निर्णय अनुसार शुक्रबार राष्ट्रपति भवन शितल निवासमा आयाेजित समाराेहमा डाक्टर अन्सारीलाई उक्त पदक प्रदान गरि सम्मानित गरिएको हाे ।

उक्त पदक वीरगन्जका डाक्टर अन्सारीसंगै नेपाल उद्योग वाणिाज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य डाक्टर सुबाेध गुप्ता , उद्योगी अशाेक वैद्य र मुरलीधर रुंगटालाई पनि प्रदान गरिएको छ ।

Related posts

यी हुन् यसपालि मधेसमा चुनाव हारेका १८ पूर्वमन्त्रीहरु

MadhesKhabar

वीरगन्जमा ५० रुपैयामै खाना खुवाउने भरेपट भोजनालय सहयोग नजुट्दा बन्द

MadhesKhabar

प्रचार प्रसारको कमीले पर्सा राष्ट्रिय निकुञ्ज ओझेलमा

MadhesKhabar

Leave a Comment