Madhes Khabar
राजनीति हेडलाइन

पर्साका कांग्रेस नेताहरुले सभापति देउवालाई भेटेर मधेसका किसानका समस्याबारे गराए ध्यानाकर्षण

वीरगन्ज,९पुसःनेपाली कांग्रेस पर्साका नेताहरुले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर पर्सामा पार्टीको संगठनको अवस्था र पार्टीले गरिरहेका गतिविधीबारे जानकारी गराएका छन् ।

मंगलबार बिहान काठमाठौंको बुढानिलकण्ठस्थित देउवा निवासमै पुगेर कांग्रेस पर्साका नेताहरुले पार्टी सभापति देउवालाई भेटेका हुन् । कांग्रेस पर्साका सभापति तथा मधेस प्रदेशका कृषि,सहकारी तथा भूमी व्यवस्थामन्त्री जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा पर्साका नेताहरुले पार्टी सभापति देउवालाई भेटेको कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले जानकारी दिए ।

पार्टी सभापति देउवासंगको भेटघाटमा पर्सामा कांग्रेसको संगठनात्मक अवस्था, संगठन विस्तारका लागि भइरहेको काम लगायतका गतिविधीका बारेमा आँफुहरुले पार्टी सभापति देउवालाई जानकारी गराएको कुर्मीले बताए ।साथै मधेस प्रदेशका कृषिमन्त्री क्षेत्रीले मधेस प्रदेशका किसानहरुले मलखाद, सिंचाई , बीउबिजन लगायतमा भोगिरहेको समस्याका बारेमापनि पार्टी सभापति देउवाको ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।

भेटघाटमा कांग्रेसका केन्द्रिय प्रवक्ता तथा पूर्वअर्थमन्त्री प्रकाशसरण महत, कांग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

विपक्षीलाई लक्षित गर्दै मेयर सिंहले भने : अभि तो सिरिफ चौका मारा है ,छक्का मारना तो बाँकी हैं

MadhesKhabar

राप्रपाका वीरगन्ज महानगर अध्यक्ष सर्राफद्वारा राप्रपा पार्टी परित्याग

MadhesKhabar

वीरगन्जमा खानेपानीको महसुल नतिर्ने ग्राहकको धाराको लाइन काट्न सुरु

MadhesKhabar

Leave a Comment