Madhes Khabar
राजनीति हेडलाइन

पर्साका कांग्रेस नेताहरुले सभापति देउवालाई भेटेर मधेसका किसानका समस्याबारे गराए ध्यानाकर्षण

वीरगन्ज,९पुसःनेपाली कांग्रेस पर्साका नेताहरुले पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर पर्सामा पार्टीको संगठनको अवस्था र पार्टीले गरिरहेका गतिविधीबारे जानकारी गराएका छन् ।

मंगलबार बिहान काठमाठौंको बुढानिलकण्ठस्थित देउवा निवासमै पुगेर कांग्रेस पर्साका नेताहरुले पार्टी सभापति देउवालाई भेटेका हुन् । कांग्रेस पर्साका सभापति तथा मधेस प्रदेशका कृषि,सहकारी तथा भूमी व्यवस्थामन्त्री जनार्दन सिंह क्षेत्रीको नेतृत्वमा पर्साका नेताहरुले पार्टी सभापति देउवालाई भेटेको कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले जानकारी दिए ।

पार्टी सभापति देउवासंगको भेटघाटमा पर्सामा कांग्रेसको संगठनात्मक अवस्था, संगठन विस्तारका लागि भइरहेको काम लगायतका गतिविधीका बारेमा आँफुहरुले पार्टी सभापति देउवालाई जानकारी गराएको कुर्मीले बताए ।साथै मधेस प्रदेशका कृषिमन्त्री क्षेत्रीले मधेस प्रदेशका किसानहरुले मलखाद, सिंचाई , बीउबिजन लगायतमा भोगिरहेको समस्याका बारेमापनि पार्टी सभापति देउवाको ध्यानाकर्षण गराएको उनले जानकारी दिए ।

भेटघाटमा कांग्रेसका केन्द्रिय प्रवक्ता तथा पूर्वअर्थमन्त्री प्रकाशसरण महत, कांग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, कांग्रेस पर्साका प्रवक्ता रमेश पाण्डे लगायतकाकोपनि सहभागिता थियो ।

Related posts

होल्डिंग सेन्टर हस्तान्तरणमा अन्योलताका कारण बनिसकेपनि प्रयोग विहीन

MadhesKhabar

नेपाल-भारतबिचकाे क्रिकेट खेल हेर्न वीरगन्ज महानगरपालिकामा पनि बिदा

MadhesKhabar

स्वतन्त्र उम्मेद्वार सिंहलाई मतदाताले गरे घरघरमा स्वागत

MadhesKhabar

Leave a Comment