Madhes Khabar
राजनीति हेडलाइन

काँग्रेस उम्मेदवार चौरसिया भन्छन् : सुकुम्बासीलाइ जग्गा काँग्रेसकै सरकारले दिलाउछ

मधेसखबर
वीरगन्ज ,२८ असोज : पर्सा क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अजय चौरसियाले अबको निर्वाचनबाट पनि काँग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्ने र त्यो सरकारले भूमीहन सुकुम्बासीको समस्या सामधान गर्ने बताएका छन् ।

पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ खाशियाइगढीमाइ मन्दिरमा शुक्रबार आयोजित चुनावी भेलालामा बोल्दै सत्तागठबन्धनका साझा उम्मेदवार समेत रहेका चौरसियाले भने ,‘ फेरि पनि गठबन्धनकै सरकार बन्छ , त्यसपछि मेरो काम पर्साका सुकुम्बासी र भुमीहिनलाइ जग्गा दिलाउने हुन्छ , यो मेरो प्रतिबद्धता हो ।

उनले आफु काँग्रेसको मात्र नभइ सत्तागठबनधनका पाँच दलकै साझा उम्मेदवार भएको भन्दै सासदमा जितेपछि पाँच दलकै नेता कार्यकर्ताको भावनाको सम्मान गर्दै जनताको काम गर्ने बताए ।

चौरसियाले मधेस विरोधी एमालेसंग चुनावी फाइदाका लागि साँठगाँठ गरेको जसपा फेरि एक पटक मधेस र मधेसीको हिमायती नभइ सत्ताको लोभी भएको पुष्टि गरिदिएको बताए । उनले भने ,‘ एमाले र जसपाको अहिलेको गठबन्धन देश र मधेसको हितका लागि होइन , चुनावी र सत्ता स्वार्थका लागि हो भन्ने कुरा जनताले बुझिसकेका छन् , यसको जवाफ जनताले चुनावमा दिनेछन् ।
सधैभरि एमाले र उसका अध्यक्ष केपी ओलीलाइ मधेस विरोधी भनेर सत्तोसराप गर्दे आएका जसपा र उसका अध्यक्ष उपेन्द्र यादव कहिले पनि मधेसीको हिमायती नभएको पनि आरोप चौरसियाले लगाए ।

मुलुकमा आइपरेका हरेक राजनीतिक संकटको निकास काँग्रेसले नै दिएको इतिहास भएको भन्दै उनले अहिले पनि लोकतन्त्र र संविधान माथि प्रहार गर्ने चलखेल भइरहेकाले ती शक्तिलाइ काँग्रेसले नै परास्त गर्ने बताए ।

 

काँग्रेसका नेता बेदमन दास थारुको अध्यक्षतामा आयोजित कार्यक्रममा काँग्रेसबाट पर्सा क्षेत्र नम्बर २ (क)का उम्मेदवार श्याम पटेल , काँग्रेसका क्षेत्रीय सभापति महम्मद शाहबुद्धिन , माओवादी केन्द्रका नेता अमिताब बच्चन दास , नेकपा एकिकृत समाजवादीका नेता सत्य राय चौधरी , मनोज चौधरी , काँग्रेसका जिल्ला सहसचिव मदन यादव , महाधिवेशन प्रतिनिधी दिना गुप्ता , नेता वीर बहादुर यादव, पर्सागढी नगरपालिकाका पूर्व मेयर लोकनारायण यादव , बहुदरमाइ नगरपालिकाका मेयर नितेन्द्र साह लगायतको पनि सहभागिता थियो ।

Related posts

वीरगन्जका पत्रकार महेश दास पनि प्रदेशसभा सदस्यको उम्मेदवार सिफारिस

MadhesKhabar

वीरगन्जलाइ हरित शहर बनाउन वृक्षारोपण अभियान शुरु

MadhesKhabar

वीरगन्ज हेल्थ केयरले उद्धारमा खटिने सशस्त्र प्रहरीहरुलाई दियो प्राथमिक उपचारको तालिम

MadhesKhabar

Leave a Comment