Madhes Khabar
स्थानिय हेडलाइन

काठमाडौंको जस्तै दृश्य वीरगन्जमा पनि : ताजियामा सुरक्षाकर्मीलाई नै किच्ने गरी गाडी हुइक्याइयो (भिडियोसहित)

वीरगन्ज,२२असारःमुस्लिम धर्मावलम्बीहरुको पर्व मोहरमका अवसरमा वीरगन्जमा आइतबार निकालिएको ताजिया अर्थात दाहाको ¥यालीमा सुरक्षाकर्मीहरुलाई नै किच्न खोज्ने गरी जबरजस्ति गाडी हुइक्याएको घटना प्रकाशमा आएको छ ।

१५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादीको आन्दोलनमा दुर्गा प्रसाईले बीच सडकमा उभिएका सुरक्षाकर्मीमाथि नै पेलेर गाडी हुइक्याएका थिए । ठिक त्यस्तै दृश्य आइतबार वीरगन्जमापनि देखियो ।

वीरगन्जको छपकैयाबाट निस्किएको ताजियाको ¥याली आदर्शनगर चोक हुदैं अगाडि बढ्ने क्रममा कैलाश होटल चोेकमा तैनाथ सुरक्षाकर्मीले रोक्न खोजे ।गत बिहीबार महानगरका मेयर राजेशमान सिंहको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले दाहाको लाठी भाज्ने कार्यक्रमका लागि पुरानो बसपार्कको खाली जग्गा तोकेको थियो ।

तर आइतबारको दाहा ¥याली त्यसको विपरित आदर्शनगर रंगशालामा जानका लागि जबरजस्ति अगाडि बढ्न खोज्यो । दाहामा सहभागी डिजेसहितको ना ४ च ८८३४ नम्बरको पिकअप गाडीलाई कैलाश होटल चोकमा तैनाथ सशस्त्र प्रहरीले रोक्न खोजे । तर उक्त गाडीका चालकले अगाडिबाट गाडीको बाटो छेकिरहेका दर्जनौ सशस्त्र प्रहरीहरुमाथि नै गाडी चढाउने हिसाबले गाडी ह्ुइक्याउन थाले ।जसका कारण सशस्त्र प्रहरीहरु ज्यान जोगाउन गाडीको बाटो छोडि दिए ।

त्यहाँबाट जबरजस्ति हिडेको गाडीसहितको दाहाको ¥याली आदर्शनगर रंगशाला छिर्ने गेट अगाडिको सडकमा पुग्यो । रंगशलामा जरबजस्ति गाडी छिराउन खोजिएपछि त्यहाँ तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीले लाठी चार्ज गरे।लाठीचार्जपछि डिजेसहितको गाडी छाडेर दाहाको ¥यालीमा सहभागीहरु त्यहाँबाट तितरबितर भए । त्यसपछि उक्त गाडी प्रहरीले नियन्त्रणमा लियो ।

पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले ड्युटिमा तैनाथ सुरक्षाकर्मीले रोक्दा रोक्दैपनि जबरजस्ति गाडी हुइक्याउनेमाथि कानुन अनुसार कारबाही हुने बताए । उनले भने,‘तोकिएको रुट छाडेर अर्को रुटमा जान खोजेपछि प्रहरीले गाडी रोकेको थियो । तर प्रहरीलाई नै पेलेर जबरजस्ति गाडी हुइक्याइएको रहेछ । यो घटनाका बारेमा हामीले अनुसन्धान गरिरहेका छौं । दोषीलाई कारबाही हुन्छ । ’

आदर्शनगर रंगशालामा जबरजस्ति गाडी छिराउन खोजिएपछि प्रहरी दौडेर जाँदा गाडी छाडेर त्यसमा रहेकाहरु भागेको उनले बताए । उक्त गाडी साँझपख सम्बन्धित गाडीधनीले लिएर गएको उनले बताए ।

प्रहरी उपरीक्षक मिश्रले माईथान चोकमा दाहा ¥याली पुग्दा त्यहाँपनि केहि व्याक्तिहरुले उच्छृंखलता प्रदर्शन गरेको बताए । उक्त घटनाकोपनि प्रहरीले अनुसन्धान गरिरहेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार, आइतबार वीरगन्जमा निकालिएको मोहरमको ताजिया अर्थात दाहाको ¥यालीलाई मध्यनजर गरेर वीरगन्जमा ७ सय ५० भन्दा बढी नेपाल प्रहरी र उत्तिक्कै संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

दाहाको ¥यालीमा हुनसक्ने सम्भावित झडपलाई मध्यनजर गरेर वीरगन्जको चोकचोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी आइतबार बिहानैदेखि परिचालन गरिएको थियो ।

Related posts

खडेरीले बारामा अधिकांश किसानले रोप्न पाएनन् चैते धान

MadhesKhabar

वर्षौदेखि रोकिएका योजना तत्काल अगाडि बढाउन मेयर सिंहको निर्देशन

MadhesKhabar

घण्टाघर चोकमा फलफुलका बिरुवाहरु निःशुल्क बाँड्दै वीरगन्ज महानगर

MadhesKhabar

Leave a Comment