वीरगन्ज,१७जेष्ठ :पर्साको पोखरियामा छात्रावास र धर्मशाला भवनकाे शिलान्यास गरिएको छ ।मधेस प्रदेश सभा सदस्य एंव नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्रीले दुवै भवनकाे बिहीबार शिलान्यास गरेका हुन्।
प्रदेश सरकारबाट प्राप्त २५ लाख रुपैयाँको छात्रवास र १० लाख रुपैयाँको लागतमा सार्वजनिक धर्मशाला निर्माण गर्न लागिएको हाे।
शिलान्यास कार्यक्रममा बाेल्दै गर्दै प्रदेश सभा सदस्य क्षेत्रीले पर्साकाे ग्रामीण क्षेत्रकाे शिक्षा,स्वास्थ्य,सडक,कृषि क्षेत्रमा सुधारका लागि आँफु लागिपरेको बताए ।
शिलान्यास कार्यक्रममा कांग्रेसका क्षेत्रीय सभापति श्रीकृष्ण चौहान, पोखरीया नगरपालिकाका पूर्वमेयर दिपनारायण रौनियार ,वडाध्यक्ष लक्ष्मण साह,सोनालाल साह,सकिम मियाँ,रामवचन महतो,सुरेन्द्र सिंह लगायतकोपनि सहभागिता रहेको थियो ।

