Madhes Khabar
खेलकुद

पराग्वेमाथि ब्राजिलकाे सानदार जित

काठमाडौं,१५असार:ब्राजिलले कोपा अमेरिकाको समूह ‘डी’ को खेलमा शनिबार पाराग्वेमाथि ४–१ को शानदार जित निकालेको छ ।

ब्राजिलले पहिलो हाफमै ३ गोलको अग्रता लिएको थियो र खेलमाथि उसको पूर्ण नियन्त्रण रह्यो । उसका लागि भिनिसियस जुनियरले दुई तथा साभिओ र लुकास पाक्वेटाले गोल गरे । पाक्वेटा सुरुमै एक पेनाल्टीमा चुकेका थिए । तर चौथो गोल उनले पेनाल्टीबाटै गरे ।

पाराग्वेका लागि ओमर एलडेरेटले एक गोल फर्काए । यसअघि कोलम्बियाले कोस्टारिकालाई ३–० ले हराएको थियो र त्यसमा लुइस डियाज, डाभिन्सन सान्चेज र जोन कारडोबाले गोल गरे । डिजायले पेनाल्टीबाट गोलको खाता खोलेका हुन् ।

समूहमा प्रत्येक टिमले दुई/दुई खेल खेल्दा कोलम्बिया ६ अंकसहित शीर्षमा छ भने ब्राजिल ४ अंकसहित दोस्रो स्थानमा छ । कोस्टारिकाको एक तथा पाराग्वे शून्य अंकमा छ ।साभार:ईकान्तिपुर

Related posts

आईपीएल: मुम्बई विरुद्ध बेंगलोरको सहज जित

MadhesKhabar

प्रधानमन्त्री कप टी-२० मा मधेस आर्मीसंग पराजित

MadhesKhabar

आईपिएल: मुम्बईमाथि चेन्नइको सहज जित

MadhesKhabar

Leave a Comment