Madhes Khabar
खेलकुद

आईपीएल: मुम्बई विरुद्ध बेंगलोरको सहज जित

वीरगन्ज ,२०चैत :भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ ।

एम चिन्नास्वामी स्टेडियममा आइतबार राति भएकाे खेलमा कप्तान फाप डु प्लेसिस र विराट कोहलीकाे सानदार व्याटिङकाे मदतमा बेंगलोरले १७२ रनको लक्ष्य १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गरेकाे हाे ।

कोहलीले ४९ बल खेल्दै ६ चौका र पाँच छक्का मद्दतमा अविजित ८२ रन बनाए भने कप्तान प्लेसिसले ४३ बल खेल्दै पाँच चौका ६ छक्का मद्दतमा ७३ रन बनाए ।

मुम्बईका लागि अर्शद खान र क्यामरुन ग्रीनले समान एक/एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पूरा २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।

मुम्बईका लागि तिलक बर्माले ४६ बल खेल्दै ९ चौका र ४ छक्का मद्दतमा अविजित रहँदै सर्वाधिक ८४ रन बनाएका थिए भने नेहाल वाडेराले १३ बलमा २१ रन जोडेका थिए ।

बेंगलोरका लागि कर्ण शर्माले दुई तथा मोहमम्द सिराज, रिस टोप्ले, आकाश दिप, हर्शल पटेल र माइकल ब्रेसवेलले समान १ विकेट लिए ।

Related posts

स्पट फिक्सिङमा पक्राउ परेका वीरगन्जका गुप्ता भन्छन् : हिट विकेटको प्रस्ताव गर्दा गाली खाएँ

MadhesKhabar

वीरगन्ज सुपर लिग क्रिकेटमा पर्सा स्टार्स विजयी

MadhesKhabar

त्रिदेशीय टि–२० सिरिजका लागि नेपाली टोलीको घोषणा, छैन सन्दिप लामिछानेको नाम

MadhesKhabar

Leave a Comment