Madhes Khabar
खेलकुद

एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो जित

काठमाडौं,१६मंसिरःकाठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले पहिलो जित हात पारेको छ । मंगलबार भएको खेलमा अनिलकुमार साह र माज सदाकतको अर्धशतकीय पारीसहित जनकपुरले चितवन राइनोजविरुद्ध ६ विकेटको जित निकालेको हो। त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।

चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७.३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो। जनकपुरका लागि विदेशी खेलाडी माज सदाकतले सर्वाधिक ६३ रन बनाए। उनले ३० बलमा ६ चौका र ४ छक्का प्रहार गरेका हुन्। यस्तै अनिल साहले उनले ३६ बलमा ४ चौका र ३ छक्कासहित ६१ रनको योगदान दिए । आसिफ शेख १८ रन बनाएर बोल्ड भए।

चितवनका लागि सोहिल तान्भिर, कमल सिंह ऐरी, अमर सिंह रौतेलले १– १ विकेट लिए। त्यसअघि, ब्याटिङ गरेको चितवनका लागि डेविड मलानले सर्वाधिक ८० रन बनाए। उनले ५४ बलमा ४ चौका र ३ छक्का प्रहार गरे।

जनकपुर बोल्ट्सका लागि अनिल साह, रुपेश सिंह र निकोल लोफ्टी इटोन र माज सदाकले १–१ विकेट लिए।

जनकपुर बोल्ट्सले यसअघिका ४ खेलमै हार व्यहोरोको थियो । जनकपुरले पहिलो खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले हार बेहोरेको थियो। यस्तै जनकपुरले विराटनगर किंग्ससँग ९ रनले, तेस्रो खेलमा पोखरा एभेन्जर्ससँग २५ रन र चौथो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो।

चितवनले यसअघिको ४ खेलमा २ जित र २ हार बेहोरेको छ। चितवन राइनोजले पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै प्रतियोगिता सुरु गरेको थियो। दोस्रो खेलमा लुम्बिनी लायन्ससाग ६ विकेटले हारेको थियो। तेस्रो खेलमा विराटनगर किंग्सलाई ४८ रनले हराएको थियो। चौथो खेलमा काठमान्डु गोर्खाजसँग ५३ रनको हार बेहोरेको थियो ।

 

Related posts

एकदिवसीय क्रिकेटमा कुशल मल्लको पहिलो शतक

MadhesKhabar

वीरगन्ज–१० मा यसपालि पनि ‘ वडा स्तरिय क्रिकेट प्रतियोगिता’ आयोजना हुदैं

MadhesKhabar

नेपालका क्रिकेटर आसिफले जिते सीएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

MadhesKhabar

Leave a Comment