Madhes Khabar
खेलकुद

एकदिवसीय विश्व वरीयतामा भारत दोस्रो, पाकिस्तान तेस्रो स्थानमा

वीरगन्ज,२९ भदौं : भारतमा हुने एकदिवसीय क्रिकेट विश्वकपअघि विश्व वरीयतामा भारत दोस्रो स्थानमा रहेको छ भने पाकिस्ताान पहिलो स्थानबाट तल झेर तेस्रो स्थानमा झरेको छ । एसिया कपअघि पाकिस्तान विश्व वरीयताको शीर्ष स्थानमा थियो।एसिया कपको सुपर फोरमा श्रीलंका र भारतसँग पराजित भएसँगै पाकिस्तानको वरीयता खस्किएको हो।

हाल अस्ट्रेलिया एकदिवसीय वरीयताको शीर्ष स्थानमा पुगेको छ। दक्षिण अफ्रिकासँग खेलेको पछिल्ला तीन मध्ये दुई खेल जितेसँगै अस्ट्रेलिया शीर्ष स्थानमा पुगेको हो।

एसिया कपपछि भारत र अस्ट्रेलियाबीच तीन खेलको एकदवसीय सिरिज हुनेछ। यो सिरिजले पनि विश्वकपअघि शीर्ष स्थानमा रहने टिमको टुंगो गर्नेछ।

यता वरीयतामा नेपाल भने १५औं स्थानमा छ। नेपालको वरीयतामा कुनै परिवर्तन भएको छैन। नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो। यद्यपी नेपालले दुवै खेलमा हार ब्यहोरेको थियो।

एकदिवसीय विश्व वरीयता

१ अस्ट्रेलिया
२ भारत
३ पाकिस्तान
४ इंग्ल्याण्ड
५ न्यूजिल्याण्ड
६ दक्षिण अफ्रिका
७ श्रीलंका
८ बंगलादेश
९ अफगानिस्तान
१० वेस्ट इन्डिज
११ जिम्बाब्वे
१२ स्कटल्याण्ड
१३ आयरल्याण्ड
१४ नेदरल्याण्ड्स
१५ नेपाल
१६ नामिबिया
१७ अमेरिका
१८ ओमान
१९ युएई

Related posts

वीरगन्जमा जारी प्रधानमन्त्री क्रिकेट कप : रञ्जितको शतकमा लुम्बिनी विजयी

MadhesKhabar

आईपिएलमा आज दिल्ली र गुजराज भिड्दै

MadhesKhabar

कांग्रेस निकट लोकतान्त्रिक खेलकुद संघ पर्साको अध्यक्षमा पटेल सर्वसम्मत चयन

MadhesKhabar

Leave a Comment