Madhes Khabar
खेलकुद

विश्वकप अघिकाे अभ्यास खेलमा गुल्शन झाकाे सानदार शतक

काठमाडौं,२३पुष: ८ वर्षपछि यु-१९ विश्वकप खेल्न लागेको नेपालले प्रतियोगिता अघिको आफ्नो पहिलो अभ्यास खेलमा स्कटल्यान्डको सामना गरीरहेको छ। आगामी १९ जनवरीदेखि ११ फेब्रुअरीसम्म दक्षिण अफ्रिकामा हुन लागेको यु-१९ एकदिवसीय विश्वकप अघिको अभ्यास खेलमा स्कटल्यान्ड विरुद्ध अलराउन्डर गुल्सन झाले शतकीय इनिङ खेलेका छन्।

पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २ सय ८४ रनको स्कोर तयार गरेको छ। युवा स्टार झाले १ सय १५ बलको सामना गर्दै १ सय १४ रनको शतकीय इनिङ खेल्दा उनलाई दिपक बोहराले ५४ बलमा ५८ रनको अविजित इनिङ खेल्दै साथ दिएका थिए। जवाफमा अहिले स्कटल्यान्डले नेपाल विरुद्ध ब्याटिङ गरीरहेको छ।

नेपाली यु-१९ टोली आठौं पटक विश्वकपमा सहभागिता जनाउँन लागेको हो। सन् २०१६ यता भने यो पहिलो विश्वकप यात्रा हो। दक्षिण अफ्रिकी भूमिमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको नेपाली टोली यो पटक आफ्नो फरक अनुभव अफ्रिकी पिचमा देखाउने प्रयासमा हुने छ।

प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपालले न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान प्रतिस्पर्धा गर्दै छ। नेपालले प्रतियोगिताको सुरुवात २१ जनवरीमा न्युजिल्यान्डसँग खेल्दै गर्ने छ। २४ जनवरीमा पाकिस्तानसँग भिड्दा समूहको अन्तिम खेलमा २६ जनवरीमा अफगानिस्तानको सामना गर्ने छ।साभार:देशसञ्चारबाट

Related posts

नेपाल ह्याण्डबल संघकाे मधेस प्रदेश समिति गठन,अध्यक्षमा बजगाँई चयन

MadhesKhabar

आईपीएल:हैदरावादले राजस्थानलाई हरायाे

MadhesKhabar

दिल्लीमाथि काेलकाताकाे सहज जित

MadhesKhabar

Leave a Comment