
वीरगन्ज,३असार:बंगलादेशले नेपाललाई १०७ रनकाे लक्ष्य दिएको छ।जारी टी-२० विश्वकप क्रिकेटमा आफ्नाे अन्तिम खेलिरहेकाे नेपालले बंगलादेशबाट १०७ रनकाे लक्ष्य पाएको हाे।
टस जितेर पहिले ब्याटिङ गरेकाे बंगलादेशले १९.३ ओभरमा अलआउट हुदैं १०६ रन बनाएको हाे।
बंगलादेशका लागि साकिब अल हसनले २२ बलमा १७ तथा जाकर अलिले १२ रन बनाए । महमदुल्लाहले १३ रन बनाउँदा ओपनर लिन्टन दासले १० रन बनाए ।
नेपालका लागि सोमपाल कामी, कप्तान रोहित कुमार पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछानेले समान दुई दुई विकेट लिए ।
यसै खेलमा नेपालका सन्दीप लामिछानेले टी-२० आईमा १ सय विकेट पूरा गरेका छन् । सन्दीपले ५४ खेलमा १ सय विकेट पूरा गरेका हुन् । बंगलादेशका जाकर अलिको विकेट लिदै सन्दीपले १ सय विकेट पूरा गरेका हुन्।
नेपालका लागि टी२० आईमा १ सय विकेट पूरा गर्ने सन्दीप पहिलो खेलाडी हुन् ।

