Madhes Khabar
खेलकुद

वीरगन्ज सुपर लिगको उपाधि साहिब दरबारले जित्यो

वीरगन्ज,११मंसिरःवीरगन्जमा आयोजित वीरगन्ज सुपर लिग (बीएसएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिता सिजन–४ को उपाधि डिफेन्डिङ च्याम्पियन ड्रगन्स अफ साहिब दरबारले जितेको छ।नारायणी क्रिकेट मैदानमा बिहीबार भएको फाइनल खेलमा मधेस इलिट्सलाई ८ विकेटले हराउँदै साहिब दरबारले लगातार दोस्रो पटक उपाधि उचालेको हो ।

मधेस इलिट्ले दिएको १२५ रनको लक्ष्य साहिब दरबारले १०.३ ओभरमै केवल २ विकेटको क्षतिमा भेट्याउँदै उपाधि चुम्यो।उसका लागि सन्तोष कार्कीले अवजित ९२ र आसिम हवारीले अविजित १८ रन बनाए।बलिङतर्फ मधेस इलिट्सका हिमांशु दत्त र नवीन यादवले समान १–१ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मधेस इलिट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२४ रनमात्र बनाएको थियो।उसका लागि हिमांशु दत्तले ५१ र साहिलराज हवारीले २५ रन बनाएका थिए । बलिङतर्फ साहिब दरबारका लागि कमल गुप्ताले २ र दिलिप दासले १ विकेट लिए ।

पर्सा क्रिकेट संघको समन्वयमा वीरगन्ज युथ स्पोर्टस एकेडेमीले आयोजना गरेकोे प्रतियोगितामा ५ वटा फ्रेन्चाइजी टिमले  भाग लिएका थिए ।

Related posts

आईपीएलमा आज दिल्ली र लखनउ खेल्दै

MadhesKhabar

सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि पाएनौं : कप्तान पौडेल

MadhesKhabar

परवानीपुर गोल्डकप : गोरखा फुटबल एकेडमी सर्लाही विजयी

MadhesKhabar

Leave a Comment