Madhes Khabar
खेलकुद

सरकारले क्रिकेट खेलाडीलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि पाएनौं : कप्तान पौडेल

काठमाडौं,७असोजः नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले सरकारले क्रिकेट खेलाडीहरूलाई घोषणा गरेको पुरस्कार रकम अहिलेसम्म पनि आइनसकेको गुनासो गरेका छन् ।

१९ औँ एसियाली खेलकुदमा भाग लिन चीन जानुअघि आज आइतबार काठमाण्डौमा बिदाइ कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले सरकारले घोषणा गरेको रकम बारम्बार भनिसकिएको र आउँछ भन्नेमा आशावादी रहेको बताएका हुन् ।

उनले भने, ‘सरकारले घोषणा गरेको रकम नआएको भनेर कति पटक भनिसकेका छौँ । अहिलेसम्म आएको छैन । आउँछ भनेर आशावादी छौँ । हेरौँ के हुन्छ ?’

कप्तान पौडेलले एसियाली खेलकुदका लागि टोलीले राम्रो तयारी गरिरहेको पनि बताए । उनले एसियाली खेलकुदलाई लिएर सबै जना उत्साहित रहेको बताउँदै आफूहरूको लक्ष्य मेडल जित्ने रहेको बताए । यो प्रतियोगिताले आईसीसी टी–२० विश्वकप छनोटका लागि पनि सहयोगी भूमिका खेल्ने उनको भनाइ छ ।

Related posts

भारत–पाकिस्तान तनावले स्थगित आईपीएल चाँडै सुरु हुने, बीसीसीआईले नयाँ मिति घोषणा गर्ने

MadhesKhabar

टी–२० विश्वकपमा अप्रत्यासित नतीजा : आयरल्याण्डसंग इंल्याण्ड पराजित

MadhesKhabar

न्युजिल्यान्डलाई हराउँदै भारत विश्वकप क्रिकेटको फाइनलमा

MadhesKhabar

Leave a Comment