Madhes Khabar
खेलकुद

आईपीएलमा आज दिल्ली र लखनउ खेल्दै

वीरगन्ज,१जेष्ठ:भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मंगलबार दिल्ली क्यापिटल्स र लखनउ सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ ।यी दुईबिचकाे खेल दिल्लीमा नेपाली समय अनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ ।

जारी आईपीएलमा दिल्ली क्यापिटल्सको प्लेअफको सम्भावना कठिन देखिएको छ । १३ खेलमा १२ अंकसहित दिल्ली छैटौं स्थानमा रहेको छ । आजकाे खेल दिल्लीको लागि लिग चरणको अन्तिम खेल हो । यो खेल जिते पनि दिल्लीको प्लेअफको सम्भावना निकै कम रहेको छ ।

अर्कोतर्फ लखनउको भने प्लेअफको सम्भावना कायम रहेको छ । १२ खेलमा १२ अंकसहित सातौँ स्थानमा रहेको लखनउले बाँकी खेल्न रहेका २ खेल जितेमा प्लेअफको सम्भावना रहने छ । त्यसैले पनि लखनउका लागि आजकाे खेल महत्वपूर्ण रहनेछ ।

दिल्ली क्यापिटल्स ऋषभ पन्तको कप्तानीमा छ भने लखनउले केएल राहुलको कप्तानीमा यो सिजन खेलिरहेको छ ।

Related posts

सन्दीप बने प्लेयर अफ दि टुर्नामेन्ट

MadhesKhabar

जीतपुरसिमरा गाेल्डकपकाे उद्घाटन खेलमा वीरगन्ज आर्मीसंग पराजित

MadhesKhabar

गृहनगरमा आरिफ र आसिफलाई वीरगन्ज महानगरको भव्य स्वागत र सम्मान

MadhesKhabar

Leave a Comment