काठमाण्डाै, २९फागुन :नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र ब्याटर आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका छन् । दुवै खेलाडी सन् २०२३ मा एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन बनाउनेको सूचीमा दोस्रो र चौथौ स्थानमा छन् ।
सन् २०२३ मा एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन भारतका शुभमन गिलले बनाएका छन् । उनले ६ खेलमा ५ सय ६७ रन बनाएका छन् ।
त्यसपछि दोस्रो नम्बरमा नेपालका आसिफ शेख, तेस्रोमा इङ्ल्यान्डका जस बटलर र चौथोमा नेपालकै कप्तान रोहित पौडेल रहेका छन् । भारतका विराट कोहली पाँचौँ र रोहित शर्मा छैटाैँ स्थानमा छन् ।
दोस्रो स्थानमा रहेका आसिफले ११ खेलमा ४ सय १८ रन बनाएका छन् । यस्तै चौथो स्थानमा रहेका रोहित पौडेलले ३ सय ४१ रन बनाएका छन् । सन् २०२३ मा आसिफ शेखले एउटा शतक र तीन वटा अर्धशतक बनाएका छन्, रोहित पौडेलले तीन वटा अर्धशतक बनाएका छन् । नेपालको तर्फबाट एकदिवसीय क्रिकेटमा १ हजार रन बनाउने खेलाडी पनि राेहित र आसिफ मात्रै हुन् ।


