Madhes Khabar
खेलकुद

रोमाञ्चक जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा

काठमाडौं,२१असारःअर्जेन्टिना कोपा अमेरिका २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ ।शुक्रबार बिहान भएको अत्यन्त रोमाञ्चाक खेलमा इक्वेडरलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै साविक विजेता अर्जेन्टिनाले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

टाइब्रेकरमा अर्जेन्टिनाका कप्तान लिओनल मेसीले पेनाल्टी मिस् गरेका थिए । तर गोलरक्षक एमिलियानो मार्टिनेजले इक्वेडरको दुई पेनाल्टी बचाएपछि अर्जेन्टिना विजयी बनेको हो ।

त्यसअघि निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा सिधै टाइब्रेकरबाट भएको हो ।

९० मिनेटको खेलमा ३५औ मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा इक्वेडरले बराबरी गर्ने अवसर पाएपनि गोल गर्न सकेन । ६१औं मिनेटमा इनर भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्न सकेनन् । उनको प्रहार पोष्टमा लागेर फर्किएको थियो ।

अर्जेन्टिनाका रोड्रिगो डे पउलले पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि इक्वेडरले पेनाल्टी पाएको थियो । तर गोल गर्न असफल रह्यो । तर इक्वेडरले इन्जुरी टाइममा बराबरी गोल फर्काएको थियो । इक्वेडरका केभिन रोड्रिगेजले बराबरी गोल गरेका थिए ।

अर्जेन्टिनाले अब भेनेजुएला र क्यानडा बीचको विजेतासँग सेमिफाइनलमा खेल्नेछ ।

 

Related posts

बंगलादेशले भारतलाई दियाे २ सय ५७ रनकाे लक्ष्य

MadhesKhabar

फिफा वर्ष खेलाडीको अवार्ड लियोनल मेस्सीलाई

MadhesKhabar

कोसिस गर्दागर्दै अन्तिममा पराजित हुन पुग्यौँ, भविष्यमा राम्रो गर्नेछौँ : कप्तान रोहित पौडेल

MadhesKhabar

Leave a Comment