Madhes Khabar
खेलकुद

बंगलादेशले भारतलाई दियाे २ सय ५७ रनकाे लक्ष्य

वीरगन्ज,२कार्तिक: आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले भारतलाई २ सय ५७ रनकाे लक्ष्य दिएकाे छ ।

भारतकाे पुनेमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ५६ रन बनाएकाे हाे । बंगलादेशका लिटन दासले सर्वाधिक ६६ रन बनाए । यस्तै तन्जिद हसनले ५१, महमुदुल्लाहले ४६ र मुशफिकर रहिमले ३८ रन बनाए । बलिङतर्फ भारतका जसप्रीत बुमराह, माेहम्मद सिराज र रवीन्द्र जडेजाले २/२ विकेट लिए ।

भारत ३ खेलमा तीनै खेल जितेर ६ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ । बंगलादेश भने उति नै खेलमा १ खेल जितेर २ अङ्कसहित छैटाैँ स्थानमा छ ।

Related posts

यूृ–१९ विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’ मा परिन् नेपालकी कप्तान पूजा महतो

MadhesKhabar

नेपाललाई क्यानडाले दियाे २३३ रनको लक्ष्य

MadhesKhabar

पाकिस्तानी क्रिकेट टिम सात वर्षपछि भारतमा

MadhesKhabar

Leave a Comment