Madhes Khabar
खेलकुद

यूृ–१९ विश्वकपको ‘टीम अफ द टुर्नामेन्ट’ मा परिन् नेपालकी कप्तान पूजा महतो

तस्बिर : क्यान ।

काठमाडौं,२१माघः यु–१९ विश्वकपको टीम अफ द टुर्नामेन्टमा नेपालकी कप्तान पूजा महतो पनि परेकी छन् ।आईसीसीले मलेसियामा आइतबार सकिएको यू–१९ विश्वकपमा सहभागीमध्ये उत्कृष्ट १२ खेलाडीको सूची सार्वजनिक गरेको थियो । उक्त सूचीमा नेपालकी कप्तान पूजा अटाएकी हुन् ।पूजाले उक्त विश्वकपमा ७० रनसहित ९ विकेट लिएकी थिइन् ।

उक्त सूचीमा भारतका ४ खेलाडी समावेश छन् । दक्षिण अफ्रिकाका ३, इंग्ल्याण्डका २, श्रीलंका र अस्ट्रेलियाका १–१ खेलाडी अटाएका छन् ।

भारतबाट गोंगडी तृषा, जी कमलिनी, आयुषी शुक्ला र वैष्णवी शर्मा छन् । दक्षिण अफ्रिकाका जेम्मा बोथा, कायला रेनेके र न्थाबिसेङ निनि, इङ्ग्ल्याण्डका डेभिना पेरिन, कटिइ जोन्स, श्रीलंकाकि चामोदी प्रबोद र अस्ट्रेलियाकि काइम्हे ब्रेउ पनि टोलिमा समेटिएका छन् ।साभार : नेपालप्रेस

Related posts

सन्दीप लामिछानेलाई अमेरिकाले फेरि दिएन भिसा

MadhesKhabar

ओमानमाथि नेपालकाे लगातार दाेस्राे जित

MadhesKhabar

वीरगन्ज युनाईटेड क्लब फाईनलमा

MadhesKhabar

Leave a Comment