Madhes Khabar
खेलकुद

आईपीएलमा आज राजस्थान र मुम्बई भिड्दै

वीरगन्ज,१०बैशाखः भारतमा जारी इण्डियन प्रिमियर लिग आईपीएलमा आज सोमबार राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ । राजस्थानको घरेलु मैदान जयपुरमा हुने यो खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ ।

जारी आईपीएलमा राजस्थान सात खेलमा ६ जित र एक हारसहित १२ अंकसहित शीर्ष स्थानमा रहेको छ । मुम्बईले अहिलेसम्म सात खेलमा तीन खेल जितेको छ भने चार खेलमा हार व्यहोरेर छ अङ्कसहित सातौँ स्थानमा रहेको छ ।

राजस्थान यस सिजनमासन्जु सामसनको कप्तानीमा खेलिरहेको छ । राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने सन् २०२२ को उपविजेता टिम हो । त्यस्तै मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ ।

Related posts

वीरगन्जमा आयोजित सोनार प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी केएस सुपर किंग्सलाई

MadhesKhabar

विश्वकपकाे दाेश्राे सेमिफाइनलमा आज भारत र इंग्ल्याण्ड भिड्दै

MadhesKhabar

ज्ञानदा एकेडेमीलाई हराउँदै ग्लोबल कलेजले जित्यो एनआई कपको उपाधि

MadhesKhabar

Leave a Comment