Madhes Khabar
खेलकुद

आईपीएलमा आज राजस्थान र मुम्बई भिड्दै

वीरगन्ज,१०बैशाखः भारतमा जारी इण्डियन प्रिमियर लिग आईपीएलमा आज सोमबार राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ । राजस्थानको घरेलु मैदान जयपुरमा हुने यो खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजेदेखि सुरु हुनेछ ।

जारी आईपीएलमा राजस्थान सात खेलमा ६ जित र एक हारसहित १२ अंकसहित शीर्ष स्थानमा रहेको छ । मुम्बईले अहिलेसम्म सात खेलमा तीन खेल जितेको छ भने चार खेलमा हार व्यहोरेर छ अङ्कसहित सातौँ स्थानमा रहेको छ ।

राजस्थान यस सिजनमासन्जु सामसनको कप्तानीमा खेलिरहेको छ । राजस्थान रोयल्स आइपिएलको पहिलो सिजनको विजेता हो भने सन् २०२२ को उपविजेता टिम हो । त्यस्तै मुम्बई इण्डियन्स यस सिजनमा हार्दिक पाण्डेयको कप्तानीमा खेलिरहेको छ ।

Related posts

फुटबलप्रति बालबालिकाको आकर्षण बढाउन बारामा ‘फिफा फुटबल फर स्कुल’ सुरु

MadhesKhabar

वीरगन्जमा जारी प्रधानमन्त्री कपमा सुदूरपश्चिममाथि मधेसको सानदार जित

MadhesKhabar

रोमान्चक खेलमा पाकिस्तानलाई हराउँदै दक्षिण अफ्रिका शीर्षस्थानमा

MadhesKhabar

Leave a Comment