Madhes Khabar
खेलकुद

आईपीएलमा आज राजस्थान र गुजरात खेल्दै

वीरगन्ज,२८चैतःभारतमा जारी ण्इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज बुधबार राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन् । यी दुईबिचको खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे जयपुरमा सुरु हुनेछ । राजस्थान अंक तालिकामा शीर्ष स्थानमा छ ।

यसअघिका चार खेलमा अपराजित राजस्थानको ८ अंक छ । त्यस्तै गुजरात टाइटन्सले ५ खेल खेलेकोमा दुई जित र तीन हार ब्यहोरेको छ । चार अंक रहेको गुजरात सातौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा मंगलबारराति भएको खेलमा सनराईजर्स हैदराबादले पञ्जाब किंग्सलाई २ रनले हराएको थियो । हैदराबाद अंक तालिकाको पाँचौँ र पञ्जाब छैठौँ स्थानमा रहेको छ ।

Related posts

राष्ट्रिय क्रिकेट टिमका पूर्वखेलाडी शरदलाई वीरगन्जका मेयर सिंहले गरे सम्मानित

MadhesKhabar

पर्साको जानकीटोलामा क्रिकेट टुर्नामेन्ट सुरु, गाँउपालिका अध्यक्ष यादवले गरे उद्घाटन

MadhesKhabar

सखुवाप्रसौनीमा पालिकास्तरीय भलिबल प्रतियोगिता शुरु, अध्यक्ष यशवन्त यादवले गरे उद्घाटन

MadhesKhabar

Leave a Comment