Madhes Khabar
खेलकुद

आईपीएलमा आज राजस्थान र गुजरात खेल्दै

वीरगन्ज,२८चैतःभारतमा जारी ण्इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज बुधबार राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन् । यी दुईबिचको खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे जयपुरमा सुरु हुनेछ । राजस्थान अंक तालिकामा शीर्ष स्थानमा छ ।

यसअघिका चार खेलमा अपराजित राजस्थानको ८ अंक छ । त्यस्तै गुजरात टाइटन्सले ५ खेल खेलेकोमा दुई जित र तीन हार ब्यहोरेको छ । चार अंक रहेको गुजरात सातौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा मंगलबारराति भएको खेलमा सनराईजर्स हैदराबादले पञ्जाब किंग्सलाई २ रनले हराएको थियो । हैदराबाद अंक तालिकाको पाँचौँ र पञ्जाब छैठौँ स्थानमा रहेको छ ।

Related posts

विश्वकप फुटबलको प्रि–क्वाटरफाइनलमा आज ब्राजिल र दक्षिण कोरिया भिड्दै

MadhesKhabar

भारतले पाकिस्तानलाई हरायाे

MadhesKhabar

नेपाली महिला फुटबल टिमका खेलाडीलाई सरकारले जनही ३ लाखले सम्मान गर्ने

MadhesKhabar

Leave a Comment