Madhes Khabar
खेलकुद हेडलाइन

नेदरल्यान्ड्ससँग पराजितभएसंगै विश्वकप खेल्ने नेपालको यात्रा अधुरो

काठमाडौं , ९ असार : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग नेपाल ७ विकेटले पराजित भएको छ । यो पराजयसंगै नेपालको विश्वकप क्रिकेट खेल्ने सम्भावना रोकिएको छ ।

जिम्बाबेको हरारेमा भएको खेलमा पहिले व्याटिंग गरि नेपालले दिएको १ सय ६८ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २८ ओभर १ बलमा मात्रै तीन विकेट गुमाएर भेट्टायो । उसका लागि म्याक्स ओ डाउडले सर्वाधिक ९० रन बनाए ।

बलिङ तर्फ नेपालका सन्दीप लामिछानेले दुई र गुल्सन झाले एक विकेट लिए । यसअघि नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ४४ ओभर ३ बलमा सबै विकेट गुमाएर १ सय ६७ रन मात्र बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाए । यस्तै, सन्दीप लामिछानेले २७, गुल्सन झाले १५, दिपेन्द्रसिँह ऐरीले १४, कुशल मल्लले १२, आरिफ शेखले ६, भीम सार्कीले २२, कुशल भुर्तेलले २७ र करण केसीले एक रन बनाए ।आशिफ शेखले खाता पनि खोल्न सकेनन् ।

शनिबारको हारसँगै नेपाल सुपर सिक्समापनि पुग्न असफल भएको छ । समूह ए बाट अमेरिका यसअघि नै बाहिरिइसकेको छ । समूह ए बाट जिम्बावे, वेष्ट इन्डिज र नेदरल्यान्ड्स सुपर सिक्समा पुगेका छन् । विश्वकप छनौटमा नेपालले अमेरिकालाई ६ विकेटले हराएको थियो भने वेष्ट इन्डिज, जिम्बावे र नेदरल्यान्ड्सँग पराजित भएको हो ।

Related posts

वीरगन्ज :सार्वजनिक बोरीङबाट पानी लैजान नदिनेको दैलोमा वडाध्यक्षले थुपारिदिए फोहोर

MadhesKhabar

वीरगन्ज गाेल्डकप फुटबलमा आज नेपाल र भारतकाे महिला टिमबिच मैत्रीपूर्ण खेल

MadhesKhabar

वीरगन्जका बाल अधिकारकर्मी शरणलाई अन्तर्राष्ट्रिय अवार्ड

MadhesKhabar

Leave a Comment