Madhes Khabar
खेलकुद

यू-१९ विश्वकप क्रिकेट : नेपाल भारतसंग १३२ रनले पराजित

वीरगन्ज,१९माघ:आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल भारतसंग १३२ रनले पराजित भएको छ ।

दक्षिण अफ्रिकाको माङ्गाउङ ओभलमा शुक्रबारराति सम्पन्न खेलमा २९८ रनकाे लक्ष्य पछ्याएकाे नेपालले निर्धारित ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १६५ रनमात्र बनाएपछि खेल भारतले जितेको हाे।

नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ३३ रन बनाए भने अर्जुन कुमालले २६ र दुर्गेश गुप्ताले अविजित २९ रन जाेडे।

बलिङतर्फ भारतका साैम्या पाण्डेले एक्लैले चार विकेट लिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाएकाे थियो ।

भारतका सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ रनको सानदार शतकीय इनिङ खेले ।यस्तै कप्तान उदय सहारनले पनि १०७ बलमा ९ चौकासहित १०० रन बनाए ।

नेपालका गुलशन झाले १० ओभरमा ५६ रन खर्चेर ३ विकेट लिए । आकाश चन्दले ९ ओभरमा ६५ रन खर्चेर १ विकेट लिए ।सुभाष भण्डारीले १० ओभरमा ५५ रन खर्चिए । त्यस्तै दीपेश कँडेलले १० ओभरमा ४६ रन खर्चेका थिए । देव खनालले २ ओभरमा १४ रन खर्चे ।

Related posts

भारतसँगको खेलमा वीरगन्जका आरिफ शेख बेञ्चमा, भीम सार्कीलाई मौका

MadhesKhabar

अष्ट्रेलियामा जारी टी–२० सिरिजमा नेपाल पहिलो खेलमै पराजित

MadhesKhabar

पन्चगावाँ गोल्डकप फुटबलको फाइनलमा वीरगन्ज युथ एकेडेमी र आराभर भेट्रान्स भिड्ने

MadhesKhabar

Leave a Comment