Madhes Khabar
खेलकुद हेडलाइन

मैत्रीपूर्ण भलिबल खेलमा नेपालकाे सशस्त्र प्रहरीसंग भारतीय एसएसबी पराजित

वीरगन्ज,३०पुस:२५ ओैं सशस्त्र प्रहरी दिवसकाे उपलक्ष्यमा पर्सामा आयाेजित मैत्रीपुर्ण भलिबल खेलमा भारतकाे एसएसबीकाे टिमलाई पराजित गर्दै सशस्त्र प्रहरीको टिम विजयी भएको छ।

 

सशस्त्र प्रहरी बल नेपाल गुल्म भिखमपुरले बुधबार आयोजना गरेकाे मैत्रीपूर्ण भलिबल खेलमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गण हेडक्वाटर भिखमपुरकाे टिमले एसएसबी ४७ बी बटालियन ईनर्वा भारतकाे टिमलाई ३-२ काे साेझाे सेटमा पराजित गरेकाे हाे।

 

विजेता सशस्त्र प्रहरीको टिमलाई भारतीय एसएसबीका प्रमुख कमाण्डर अभिनास पटेलले र उपविजेता भारतीय एसएसबीको टिमलाई सशस्त्र प्रहरी नायब उपरीक्षक दिनेश अचार्यले ट्रफी र मेडल प्रदान गरे।

 

नेपाल र भारतबीचको आपसी सद्भाव, समन्वय र मित्रतालाई थप मजबुत बनाउने उदेश्यले मैत्रीपूर्ण भलिबल खेलको आयोजना गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक आचार्यले बताए ।

Related posts

काँग्रेस नेताहरु भन्छन् : भ्रष्टाचारी मुख्यमन्त्री राउतलाई हराउन चुनाैती छैन

MadhesKhabar

चेन्नईमाथि गुजरातकाे सहज जित

MadhesKhabar

पाँच पटकको च्याम्पियन मुम्बई आईपीएलको उपाधि दौडबाट बाहिरियो

MadhesKhabar

Leave a Comment