Madhes Khabar
खेलकुद

चेन्नईमाथि गुजरातकाे सहज जित

Photo by Vipin Pawar / Sportzpics for IPL

वीरगन्ज,२८बैशाख:भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा शुक्रबार राति भएको को खेलमा गुजरात टाइटन्सले चेन्नई सुपर किंग्सलाई सहजै हराएको छ ।

गुजरातकाे घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदाबादमा भएको खेलमा गुजरातले चेन्नईलाई ३५ रनले हराएको हो ।

गुजरातले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रन मात्र बनाउँन सक्यो ।उसका लागि ड्यारियल मिचेल र मोईन अलिले अर्धशतकीय ईनिङ खेले । मिचेलले ३४ बलमा ७ चौका तथा ३ छक्काको सहयोगमा ६३ रन बनाए । अलिले ३६ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५६ रन बनाए ।महेन्द्रसिंह धोनीले ११ बलमा १ चौका र ३ छक्काको सहयोगमा अविजित २६ रन बनाए । शिभम दुबेले १३ बलमा २१ तथा रविन्द्र जडेजाले १० बलमा १८ रन बनाए ।

गुजरातका लागि मोहित शर्माले तीन तथा राशिद खानले दुई विकेट लिए । उमेश यादव र सन्दीप वारियरले समान एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ३ विकेट गुमाई २ सय ३१ रन बनाएको थियो ।

गुजरातका लागि ओपनर शुभम गिल तथा साई सुदर्शन दुवैले शतक हाने। कप्तान गिलले ५५ बलमा ९ चौका र ६ छक्काको सहयोगमा १ सय ४ रनको शतकीय ईनिङ खेले । अर्का ओपनर सुदर्शनले ५१ बलमा ५ चौका र ७ छक्काको सहयोगमा १ सय ३ रनको शतकीय ईनिङ खेले ।

बलिङतर्फ चेन्नईका लागि तुसार देशपान्डेले २ विकेट लिए ।

१२ खेलमा पाँच जित निकालेको गुजरात अंक तालिकाको आठौं स्थानमा उक्लिएको छ । १२ खेलमा छैठौं हारका साथ चेन्नई चौथो स्थानमा कायमै छ । गुजरातको अघिल्लो चरणमा प्रवेशको सम्भावना बाँकी नै छ ।

Related posts

मधेस फेरि च्याम्पियन

MadhesKhabar

नारायणी रंगशाला पुनःनिर्माणका लागि बजेट व्यवस्था गरिदिन खेलकुद मन्त्रीसँग मेयर सिंहको आग्रह

MadhesKhabar

बंगलादेशले नेपाललाई दियाे १०७ रनकाे लक्ष्य

MadhesKhabar

Leave a Comment