Madhes Khabar
खेलकुद

मधेस फेरि च्याम्पियन

पाेखरा,८फाल्गुन:मधेस प्रदेशले सुदूरपश्चिम प्रदेशलाई फाइनलमा ५ विकेटले पराजित गर्दै मनमोहन मेमोरियल यू–१६ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा सोमबार भएकाे फाइनल खेलमा मधेसले सुदूर पश्चिमलाई हराउँदै दाेस्राे पटक उपाधि उचालेकाे हाे। मधेसले यसअघि प्रतियोगिताको पहिलो संस्करण पनि जितेको थियो । विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाए ।

फाइनलमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमलाई मधेसका बलर धीरेन्द्र पासवानले ४ र रोहन यादवले ३ विकेट लिएर २०.२ ओभरमै ८६ रनमा समेटेका थिए । सुदूरपश्चिमका विशाल विष्टले २४, नीराजन गौतमले १८ र सचिन साउदले १४ रनबाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

मधेसका कप्तान चन्दन राम, मेराज आलम र वसिम अली मन्सुरीले १–१ विकेट हात पारे ।

जवाफी ब्याटिङमा मधेसले २०.४ ओभरभित्र ५ विकेट गुमाएर ८८ रन बनाएको थियो । मधेसका प्रियांशु कर्णले १३ रन बनाए । ब्याटर राहुल अन्सारी र आदित्य मण्डल शून्यमा पेभिलियन फर्किएपछि मधेस सुरुआतीमै दबाबमा परेको थियो । उनीहरूलाई सुदूरका डम्बर माझी र सचिन भट्टले आउट गरे । मोहम्मद अरमानले २० र परिमार्जन यादवले अविजित ३० रन बटुले ।

सुदूरपश्चिमका लागि डम्बर माझीले २, नीराजन गौतम र नीरज ऐरले १–१ विकेट लिए । फाइनल खेलमा मधेसका धीरेन्द्र पासवान म्यान अफ द म्याच भए ।

मधेसकै चन्दन राम प्लेयर अफ द सिरिज घोषित भए । उनले प्रतियोगितामा ८३ रन जोड्दा १० विकेट लिएका थिए । उत्कृष्ट बलर सुदूरपश्चिमका डम्बर माझी भए । उनले प्रतियोगितामा कुल १४ विकेट लिए । मधेसका राहुल हक अन्सारी उत्कृष्ट ब्याटर बने । उनले १ सय ५२ रन बनाएका थिए ।

Related posts

प्राे-क्लब च्याम्पियन टी-२०: सन्दिप लामिछाने कप्तान रहेकाे पर्सा ११ काे लगातार दाेस्राे जीत

MadhesKhabar

आईपीएल : हार्दिककाे कप्तानीमा मुम्बईकाे पहिलाे जित

MadhesKhabar

युनिट युवा क्लबले जित्यो पर्सा जिल्ला लिग फुटबलको उपाधि

MadhesKhabar

Leave a Comment