वीरगन्ज,२३जेष्ठ:वेस्ट इन्डिज र अमेरिकामा जारी टी-२० विश्वकपमा भारतले सानदार ससरुवात गरेकाे छ।बुधबार राति भएको आफ्नाे पहिलाे खेलमा भारतले आयरल्यान्डलाई ८ विकेटले पराजित गरेकाे हाे।
आयरल्यान्डले दिएको ९७ रनकाे झिनाे लक्ष्य भारतले १२.२ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्याे।भारतका लागि कप्तान राेहित शर्माले ३७ बलमा ५२ रन बनाए।ऋषभ पन्तले अविजित ३६ रन जाेडे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड १६ औं ओभरको अन्तिम बलमा ९६ रन बनाउँदै अल आउट भएकाे थियो ।
आयरल्यान्डका लागि मार्क डिलेनीले १४ बलमा २ चौका र २ छक्काको सहयोगमा सर्वाधिक २६ रन बनाए । जोस लिटिलले १३ बलमा १४ रन बनाए । कुर्टिस क्याम्फेरले १२ तथा लुर्किन टुर्कलले १० रन बनाए ।
भारतका लागि हार्दिक पान्ड्याले तीन तथा जसप्रित बुमराह र अर्शदिप सिंहले समान दुई दुई विकेट लिए ।

