Madhes Khabar
खेलकुद

विश्वकप क्रिकेटमा आज भारत र पाकिस्तानकाे भिडन्त

वीरगन्ज,२७असाेज: आइसिसि विश्वकप क्रिकेटमा आज शनिबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।यी दुईबिचकाे खेल अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समय अनुसार दिउँसो २ : १५ बजे सुरु हुनेछ ।

जारी विश्वकपाा दुबै टोली सुरुवाती दुई खेलमा विजयी भएका छन् । भारतले अष्ट्रेलियालाई ६ विकेट र अफगानिस्तानलाई ८ विकेटले हराएको थियो ।यस्तैपाकिस्तानले नेदरल्यान्ड्सलाई ८१ रन र श्रीलंकालाई ६ विकेटले हराएको थियो ।

आजकाे खेलमा भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानी गर्नेछन् । पाकिस्तानले पछिल्लो खेलमा श्रीलंकालाई हराउन ३ सय ४५ रनको विशाल लक्ष्य पूरा गरेको हुँदा मनोबल उच्च छ । भारत आफ्नो उच्च लयसँगै घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै जित हात पार्न चाहन्छ ।

भारतले एकदिवसीय विश्वकप इतिहासमा पाकिस्तानसँग हालसम्म हारेको छैन । यी दुई देशबीच विश्वकपमा ७ खेल भएका छन् । जसमा सबै ७ खेलमा नै भारत विजयी भएको छ ।

पाकिस्तानले टि२० विश्वकपमा भने भारतलाई हराएको छ । २०२१ को टि२० विश्वकपमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । टि२० विश्वकपमा यी दुई देशबीच ७ खेल हुँदा भारत ६ र पाकिस्तान १ खेलमा विजयी भएको छ ।

भारत र पाकिस्तानबीच एकदिवसीय विश्वकपको हेड टु हेड यस प्रकार छ ।

१९९२ – भारत ४३ रनले विजयी

१९९६ – भारत ३९ रनले विजयी

१९९९ – भारत ४७ रनले विजयी

२००३ – भारत ६ विकेटले विजयी

२०११ – भारत २९ रनले विजयी

२०१५ – भारत ७६ रनले विजयी

२०१९ – भारत डकवर्थ लेविस पद्धतिको आधारमा ८९ रनले विजयी ।

Related posts

भारतले फेरि हरायाे पाकिस्तानलाई,काेहलीकाे सानदार शतक

MadhesKhabar

लगातार चार खेलमा जित हात पार्दै नेपाल सेमिफाइनलमा

MadhesKhabar

आइपिएलमा हैदरावाद विरुद्ध गुजरातको रोमान्चक जित

MadhesKhabar

Leave a Comment