Madhes Khabar
खेलकुद

जीतपुरसिमरा गोल्डकप फुटबलमा भरतपुरकाे विजयी सुरुवात

बारा,२३चैत:बाराकाे सिमरामा शुक्रबारदेखि सुरु १५औं जीतपुरसिमरा गोल्डकप फुटबलको उद्‌घाटन खेलमा हनामी बिएफसी भरतपुरले विजयी सुरुवात गरेको छ ।

 

सिमरा रंगशालामा शुक्रबार बेलुकी भएको खेलमा भरतपुरले सिरहाको सलहेश युवा क्लबविरुद्ध २–१ ले जित विजयी यात्रा सुरुवात गर्दै सेमिफाइनलका लागि यात्रा पक्का गरेको छ ।

भरतपुरको जितमा विशाल योञ्जन र राज भुषालले समान एक–एक गोल गरे भने सिरहाका लागि सुशील राईले सान्त्वना गोल फर्काए ।

प्रतियोगितामा शनिबार आयोजक नव जनजागृति युवा क्लब सिमरा र रिगल हेटौंडा रिसोर्ट एन्फा मकवानपुरबीच खेल हुनेछ ।

चैत २९ गतेसम्म आयोजना हुने प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लबसहित आठ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

Related posts

आर्मीलाई हराउँदै पुलिसले जित्याे प्रधानमन्त्री कप क्रिकेटकाे उपाधि

MadhesKhabar

साफ च्याम्पियनसिप : भारतसँग हार्दै नेपाल समूह चरणबाटै बाहिरियाे

MadhesKhabar

नेपाली महिला फुटबल टिमलाई गुरुङले दिए नगद १० लाख

MadhesKhabar

Leave a Comment