Madhes Khabar
खेलकुद

आर्मीलाई हराउँदै पुलिसले जित्याे प्रधानमन्त्री कप क्रिकेटकाे उपाधि

तस्बिर :क्यान।

रुपन्देही,१६चैत: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो ।

आर्मीले दिएको १५५ रनको लक्ष्य पुलिसले २५.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि ओपनर कुशल भुर्तेलले ६१ रन बनाए । यस्तै अमित श्रेष्ठले ३९ र दिलीपनाथले अविजित ३१ रन बनाए ।

बलिङतर्फ आर्मीका लागि साहब आलमले तीन र नरेन साउदले एक विकेट लिए ।

 

त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउँदै १५४ रन बनाएको थियो ।आर्मीका लागि वसिर अहमदले ८६ रन र कप्तान विनाेद भण्डारीले २९ रन बनाए।

बलिङतर्फ नेपाल पुलिसका करण केसीले ७ ओभरमा एक मेडेनसहित ३० रन खर्चेर तीन विकेट लिए । सागर ढकालले आठ ओभरमा २९ रन खर्चेर तीन विकेट लिँदा कप्तान दीपेन्द्रसिंह ऐरीले दुई र ललित राजवंशी तथा गुलशन झाले समान एक एक विकेट लिए ।

प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको विभागीय टोलीसहित १० वटा टोलीले सहभागिता जनाएका थिए ।

Related posts

बारालाई हराउँदै राैतहटले जित्यो जितपुरसिमरा क्रिकेट कपको उपाधि

MadhesKhabar

आईपीएलमा आफ्नै कीर्तिमान तोड्दै हैदराबादले रच्यो नयाँ इतिहास

MadhesKhabar

सन्दीप लामिछानेको घातक बलिङ,नेपालद्वारा स्कटल्याण्ड पराजित

MadhesKhabar

Leave a Comment