Madhes Khabar
खेलकुद

भारत–पाकिस्तानबीचको आक्रमणका कारण आईपीएलका बाँकी खेलहरु स्थगित

काठमाडौं,२६बैशाखःभारत र पाकिस्तानबीच चुलिएको तनावको असर इण्डियन प्रिमियर लिग(आईपीएल)मापनि परेको छ । भारतले आयोजना गरिरहेको आइपीएल अनिश्चितलकालका लागि स्थगित गरिएको छ ।

बिहीबार बेलुकी आइपीएलको खेल चल्दाचल्दै फ्लड लाइट बन्द गरिएको थियो । त्यसपछि प्राविधिक कारणले खेल स्थगन गरिएको सूचना निकालियो । यद्यपि, मुख्य कारण सुरक्षाको थियो । पाकिस्तानले ड्रोन आक्रमण गरेको हल्लापछि खेल रोकिएको सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दिल्ली क्यापिटल्स र पञ्जाब किङ्सबीचको खेल १०.१ ओभरमा पुग्दा अचानक फ्लडलाइट निभेको थियो । त्यसपछि रंगशाला पूर्णरुपमा खाली गरियो । खेलाडीहरू र अफिसियलहरुलाई स्पेसल ट्रेनबाट दिल्ली पु¥याइयो ।

शुक्रबार आइपीएलमा लखनउ र बैंगलोरबीचको खेल लखनउमा हुने सेड्यूल थियो । तर, बीसीसीआइले अर्को निर्णय नभएसम्मका लागि प्रतियोगिता नै स्थगन गरेको हो ।आइपीएलमा अहिलेसम्म ५८ खेल भइसकेका छन् । अब समूह चरणमा १२ खेल मात्रै खेलाउन बाँकी छ ।

Related posts

सर्लाही हराउँदै वीरगन्ज सेमिफाइनलमा

MadhesKhabar

साउदी क्लब अल–हिलालमा जाने भए ब्राजिलियन फरवार्ड नेइमार

MadhesKhabar

नेपालको लगातार तेस्रो हार : नेदरल्यान्ड्ससँग १५ रनले पराजित

MadhesKhabar

Leave a Comment