Madhes Khabar
खेलकुद

नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालको लगातार दोस्रो जित

फाइल फोटो

काठमाडौं,११मंसिरःपाकिस्तानमा जारी नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।मंगलबार भएको आफनो चौथोे खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको हो ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १८७ रन मात्र बनाएपछि खेल नेपालले जितेको हो । दक्षिण अफ्रिकाका लागि बुले भिडलाले नटआउट १०० रन बनाएपछि आफनो टिमलाई जित दिलाउन सकेनन् ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १९८ रनको योगफल बनाएको थियो । पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले सोमबार भएको खेलमा अफगानिस्तानलाई हराएको थियो ।मंगलबार दक्षिण अफ्रिकाकालाई हराएसँगै नेपालले सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनेको छ ।साभार : अनलाइनखबर

Related posts

विश्वकप क्रिकेटमा भारतकाे पहिलाे खेल आज,अष्ट्रेलियासंग भिड्दै

MadhesKhabar

बारा प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा

MadhesKhabar

आईपीएल क्रिकेट:हैदराबादमाथि कोलकाताकाे राेमाञ्चक जीत

MadhesKhabar

Leave a Comment