
काठमाडौं,११मंसिरःपाकिस्तानमा जारी नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।मंगलबार भएको आफनो चौथोे खेलमा नेपालले दक्षिण अफ्रिकालाई ११ रनले पराजित गरेको हो ।
नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले २० ओभरमा २ विकेट गुमाएर १८७ रन मात्र बनाएपछि खेल नेपालले जितेको हो । दक्षिण अफ्रिकाका लागि बुले भिडलाले नटआउट १०० रन बनाएपछि आफनो टिमलाई जित दिलाउन सकेनन् ।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १९८ रनको योगफल बनाएको थियो । पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले सोमबार भएको खेलमा अफगानिस्तानलाई हराएको थियो ।मंगलबार दक्षिण अफ्रिकाकालाई हराएसँगै नेपालले सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनेको छ ।साभार : अनलाइनखबर

