Madhes Khabar
खेलकुद

जिम्बाबेमाथि भारतकाे फराकिलो जित,शर्माले हाने शतक

वीरगन्ज,२३असार:दोस्रो टी–२० खेलमा जिम्बाबेमाथि भारतले फराकिलो जित हासिल गरेको छ । आइतबार भएको खेलमा भारतले जिम्बाबेलाई १०० रन अन्तरले पराजित गरेको हो ।

भारतले दिएको २३५ रनको लक्ष्य पछाएको जिम्बाबेले १८.४ ओभरमा अल आउट हुँदै १३४ रनमात्र बनायो ।

जिम्बाबेका लागि वेस्ली माधेभेरेले सर्बाधिक ४३ रन बनाए भने लुके जोंगवेले ३३ रन बनाएका थिए । त्यस्तै ब्रायन बेन्नेटले २६ रन बनाएका थिए ।

बलिङतर्फ भारतका बलर मुकेश कुमार र अभेश खानले ३–३ विकेट लिए भने रवि बिश्नोईले २ तथा वाशिंगटन सुन्दरले एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ् गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २३४ रन बनाएको थियो । भारतका लागि दोस्रो टी-२० खेल खेलिरहेका अभिषेक शर्माले शतक प्रहार गरे।उनले ४७ बलमा १०० रन बनाए ।

त्यस्तै रितुराज गायकवाडले अविजित ७७ रन बनाए भने रिंकु सिंहले २२ बलमा ४८ रन बनाएका थिए ।

यो जितपछि भारतले ५ खेलको सिरिजमा १–१ को बराबरी गरेको छ । यसअघि शनिबार भएकाे पहिलो खेल जिम्बाबेले जितेको थियो । अब सिरिजको तेस्रो खेल बुधबार हुने छ ।

Related posts

क्रिकेटर अनिल र अरनिकाे कलैया उपमहानगरद्धारा जनही ५१ हजारसहित सम्मानित

MadhesKhabar

रोमाञ्चक खेलमा अफगानिस्तानलाई हराउँदै नेपाल यु-१९ विश्वकपकाे सुपर सिक्समा

MadhesKhabar

न्युजिल्यान्डलाई २१ रनले हराएकाे पाकिस्तानकाेे सेमिफाइनल पुग्ने सम्भावना कायमै

MadhesKhabar

Leave a Comment