Madhes Khabar
खेलकुद

एनपीएल :काठमाडौंमाथि चितवनको सहज जित

काठमाडौं,१७मंसिरः नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सोमबार भएको खेलमा चितवनले काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको हो ।

काठमाडौंले दिएको ११२ रनको लक्ष्य चितवनले १७.१ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । चितवनका लागि सन्तोष कार्कीले सर्वाधिक २८ रन बनाए । बलिङ्तर्फ काठमाडौंका साहब आलमले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा १११ रनमात्रै बनाउन सक्यो ।पाकिस्तानी बलर सोहेल तनवीरको घातक बलिङमा काठमाडौं १११ रनमै समेटिन पुग्यो । साहेलले ४ ओभर बलिङ गर्दै २१ रन खर्चिएर ५ विकेट लिए। काठमाडौंका लागि सुमित महर्जनले सर्वाधिक २९ रन बनाए भने माइकल लेभिटले २५ रन जोडे । चितवनका लागि अमर रौतेला, रिजन ढकाल, कुशल मल्ल र लुकले १/१ विकेट लिए ।

Related posts

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा मधेसको पहिलो हार

MadhesKhabar

वीरगन्ज–१० मा यसपालि पनि वडास्तरीय क्रिकेट प्रतियोगिता हुदैं

MadhesKhabar

वीरगन्ज महानगरले जितेकाे राष्ट्रपति रनिङ शिल्ड मेयर सिंहलाई हस्तान्तरण

MadhesKhabar

Leave a Comment