Madhes Khabar
खेलकुद

टी-२० विश्वकप: सुपर ओभरमा नामिबिया विजयी

वीरगन्ज,२१जेष्ठ:आईसीसी टी–२० विश्वकप क्रिकेटमा नामिबियाले विजयी सुरुवात गरेको छ ।साेमबार बिहान भएकाे खेलमा नामिबियाले ओेमानलाई सुपर ओभरमा पराजित गरेको हो ।

सुपर ओभरमा नामिबियाले तीन चौका र एक छक्का प्रहार गर्दै २१ रन बनाएको थियो । सुपर ओभरमा २२ रनको लक्ष्य पछ्याएको ओमानले एक विकेट गुमाएर मात्र १० रन जोडेपछि नामिबियाले खेल जितेको हो ।

यसअघि ओमानले दिएको १ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेटको क्षतिमा १ सय ९ रन बनाएपछि खेल सुपर ओभरमा गएको हो । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको ओमानले १९ ओभर ४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो ।

ओमानका लागि खालिद कैलले सर्वाधिक ३४ रन बनाए । नामिबियाका लागि रुबेन ट्रम्पेलम्यानले चार विकेट लिएका थिए । जवाफी ब्याटिङमा नामिबियाका लागि जान फ्राइलेंकले सर्वाधिक ४५ रन बनाए । अन्तिम ओभरमा पाँच रन आवश्यक भएको नामिबियाले दुई विकेट गुमाएर चार रन मात्र जोड्दा खेल सुपर ओभरमा पुगेको थियाे ।

Related posts

फाइनलमा नेपाल पपुवा न्युगिनीसंग पराजित

MadhesKhabar

मधेस प्रदेशस्तरीय छनाैट क्रिकेटमा पर्सा विजयी

MadhesKhabar

नेपालकाे कसिलाे बलिङ सामु दक्षिण अफ्रिका ११५ रनमै समेटियाे

MadhesKhabar

Leave a Comment