Madhes Khabar
खेलकुद

नेपालकाे कसिलाे बलिङ सामु दक्षिण अफ्रिका ११५ रनमै समेटियाे

वीरगन्ज,१असार:आईसीसी टी- २० विश्वकप क्रिकेटमा नेपाललाई दक्षिण अफ्रिकाले ११६ रनकाे लक्ष्य दिएकाे छ।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा जारी खेलमा टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनकाे लक्ष्य दिएको हाे।टस हारेर पहिले ब्याटिङ गरेकाे दक्षिण अफ्रिकाले २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ११५ रन बनाएकाे हाे।

दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले ४३ रन बनाए।ट्रिस्टन स्टब्सले २७ रन ,कप्तान ऐडन मारकमले १५ रन र क्विटन डि ककले १० रन बनाए भने डेभिड मिलरले ७ रन बनाए।

नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा १९ रन दिएर ४ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले ४ ओभरमा २३ रन दिएर ३ विकेट लिए ।

Related posts

परवानीपुर गोल्डकप : जनकपुर स्पोर्ट क्लब फाईनलमा

MadhesKhabar

सन्दिप एसिया कप खेल्न पाकिस्तान जाने

MadhesKhabar

दोश्रो वान डे मा युएई माथि नेपालको सान्दार जित

MadhesKhabar

Leave a Comment