वीरगन्ज,३कार्तिक:वीरगन्ज युनाईटेड क्लब, पर्साकाे ठाेरी गाँउपालिका वडा नम्बर ४ बिजयबस्तीमा जारी स्व.रामबहाद श्रेष्ठ स्मृति ठोरी गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेकाे छ ।
शुक्रबार भएकाे अन्तिम सेमिफाइनल खेलमा हेटाैंडा फुटबल एकेडेमीलाई ३-० ले पराजित गर्दै वीरगन्ज युनाइटेड फाइनलमा प्रवेश गरेकाे हाे ।
उक्त खेलको म्यान आफ दि म्याच वीरगन्जका युवराज खड्का घोषित भय ।
उपाधिका लागि अब वीरगन्ज युनाईटेडले कार्तिक ६ गते हुने फाइनल खेलमा सर्लाहीको बागमति युवा क्लबकाे सामना गर्नेछ ।
“स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद ” भन्ने नाराका साथ असोज २० गतेदेखि सुरु प्रतियोगितामा कुल १६ टिमको सहभागीता थियो ।प्रतियोगिताको उपाधि विजेता टिमले नगद ३ लाख र उपविजेता टिमले नगद १ लाख ५० हजार पुरस्कार पाउने छ ।

