Madhes Khabar
खेलकुद

एसिया कपमा भारतले फेरि हरायाे पाकिस्तानलाई

वीरगन्ज,६असाेज:एसिया कप टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको सुपर-४ को खेलमा भारतले पाकिस्तानमाथि फेरि सहज जित हात पारेको छ। दुबईमा आइतबार राति भएको खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हराएको हाे।

पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले १८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो।भारतका लागि ओपनर अभिषेक शर्माले ३९ बलमा ६ चौका र ५ छक्काको मद्दतमा ७४ रन जोड्दा शुभमन गिलले २८ बलमा ४७ रन बनाए।तिलक बर्माले १९ बलमा २ चौका र २ छक्काको मद्दतमा अविजित ३० रन जोडे।

 

त्यसअघि टस जितेको भारतले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पाकिस्तानले ५ विकेटको क्षतिमा १७१ रन बनाएको थियाे।

पाकिस्तानका लागि ओपनर साहिबजादा फरहानले ४५ बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५८ रन बनाए। त्यस्तै फखर जमानले ९ बलमा १५ रन, सइम अयुबले १७ बलमा २१ रन र फहिम असरफले ८ बलमा नटआउट २० रन बनाए।

बलिङमा भारतका शिवम् दुवेले २ विकेट लिए भने हार्दिक पाण्ड्या र कुलदिप यादवले १-१ विकेट लिए।

 

सुपर-४ मा यसअघि बंगलादेशले श्रीलंकालाई हराएको थियो। भारतले यसअघि समूह चरणमा पनि पाकिस्तानलाई हराएको थियो।

Related posts

नेपालले जित्याे इस्ट जोन कप क्रिकेटको उपाधि

MadhesKhabar

इंग्ल्यान्डमाथि भारतकाे रोमाञ्चक जित

MadhesKhabar

धनगढीलाई ३-२ गाेलले हराउँदै ललितपुरले जित्याे ७० लाख राशीकाे एनएसएल फुटबलको उपाधि

MadhesKhabar

Leave a Comment