काठमाडौं,१४पुष:नेपाल सुपर लिग (एनएसएल) फुटबल को दोस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको छ ।
शनिबार काठमाडौंकाे दशरथ रङ्गशालामा भएको फाइनल खेलमा धनगढी एफसीलाई ३–२ गोलले हराउँदै ललितपुरले उपाधि जितेको हो ।
उकङखेलमा पहिलो हाफमा दुवै टोलीले १–१ गोल गरेका थिए । धनगढीका लागि ओलावाले अफिजले खेलको ३९ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा ललितपुरका लागि इमोह एजेकेले गोल गर्दै ललितपुरलाई बराबरीमा ल्याए ।
तर दोस्रो हाफमा ललितपुरले दुई गोल गरेर ३–२ गोलको जित हात पार्यो । उपाधि विजेता ललितपुरले नगद ७० लाख रुपैयाँ प्राप्त गरेको छ उपविजेता धनगढीले भने नगद २० लाख रुपैयाँमै चित्त बुझाउनु पर्याे ।

