Madhes Khabar
खेलकुद

टी–२० सिरिजको पहिलो खेलमा नेपाल मलेसियासंग पराजित

 Photo by Peter Lim/PhotoDesk.com.my for Malaysian Cricket Association

वीरगन्ज,१६असोजःनेपाली महिला राष्ट्रिय क्रिकेट टोली मलेसियासंगको टी–२० अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा ३ रनले पराजित भएको छ।

बिहीबार भएको खेलमा मलेसियाले दिएको १०५ रनको लक्ष्य पछ्याएको नेपालले पुरा २० ओभर खेल्दै ७ विकेटको क्षतिमा १०१ रन मात्रै बनाउन सक्यो।

मलेसियाको कुआलालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा नेपालले जवाफी व्याटिङ गर्ने क्रममा अन्तिम ओभरमा ७ रन चाहिएको अवस्थामा क्रिजमा रहेका कविता जोशी र राजमती ऐरीले ३ रन मात्र जोड्न सके ।

नेपालका लागि पूजा महतोले सर्वाधिक ३० रन बनाइन् । सम्झना खड्काले १८, कविता जोशीले अविजित १३ तथा कप्तान इन्दु बर्माले १२ रन बनाइन् ।
बलिङ्तर्फ मलेसियाकी नुर दानिया स्यादाले ४ ओभरमा १० रन मात्र दिएर ३ विकेट लिइन् । कप्तान विनिफ्रेड दुरासिंघम र आइसा एलिसाले २–२ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो ।मलेसियाका लागि कप्तान विनिफ्रेडले सर्वाधिक २७ रन बनाइन् । अइना हमिजाले २६ तथा मास एलिसाले २५ रन बनाइन् ।बलिङ्तर्फ नेपालकी सोमु विष्टले २ तथा रुबिना क्षेत्रीले १ विकेट लिइन् ।सिरिजको दोस्रो खेल आगामी शनिबार हुनेछ ।

Related posts

वीरगन्जमा जारी जय ट्रफी एलिट कप : पुलिससंग मधेसको लज्जास्पद हार

MadhesKhabar

विश्वकप खेल्न लागेकाे नेपाली टिमलाई सन्दीप लामिछानेले दिए जितकाे शुभकामना

MadhesKhabar

विश्वकप क्रिकेटको पहिलाे सेमिफाइनलमा आज भारत र न्युजिल्याण्ड भिड्दै

MadhesKhabar

Leave a Comment