वीरगन्ज,१६चैत: भारतमा जारी इन्डियन प्रिमियर लिग(आइपीएल)मा शुक्रबार राति भएकाे खेलमा रोयल च्यालेन्जर्स बेंग्लाेरलाई कोलकाता नाईटराईडर्सले पराजित गरेको छ ।
बेंग्लाेरको घरेलु मैदान एम चिन्नास्वामी क्रिकेट स्टेडियममा भएको खेलमा पाहुना टोली कोलकाताले ७ विकेटको जीत हात पारेको हो ।
बेंग्लाेरले दिएको १ सय ८३ रनको लक्ष्य कोलकाताले १६.५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो ।
कोलकाताका लागि वेनकटेस अय्यरले ३० बलमा ३ चौका र ४ छक्काको सहयोगमा ५० रन बनाए । सुनिल नारायणले २२ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४७ रन बनाए । फिलिप साल्टले २० बलमा २ चौका र २ छक्काको सहयोगमा ३० रन बनाए ।कप्तान श्रेयस अय्यर २४ बलमा २ चौका र २ छक्काको सहयोगमा अविजित ३९ रन बनाए ।
बेंग्लाेरका लागि यस दयाल, मगंक डगर र विजयकुमारले समान १/१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लाेरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।
उसका लागि विराट कोहलीले ५९ बलमा ४ चौका र ४ छक्काको सहयोगमा अविजित ८३ रनको अर्धशतकीय ईनिङ खेले । क्यामरुन ग्रीनले २१ बलमा ४ चौका र २ छक्काको सहयोगमा ३३ रन बनाए । ग्लेन म्याक्सवेलले १९ बलमा ३ चौका र १ छक्काको सहयोगमा २८ रन बनाए ।
कोलकाताका लागि हर्षित राना र आन्द्रे रसेलले समान २/२ तथा सुनिल नारायणले १ विकेट लिए ।
लगातार दोस्रो खेलमा विजयी कोलकाता ४ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ । पराजित बेंग्लाेर ३ खेलमा २ अंकका साथ छैटौं स्थानमा छ ।

