Madhes Khabar
खेलकुद

टी-२० शृंखलाको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसंग पराजित

काठमाडौं,६असार: त्रिदेशीय टी-२० शृंखलाको अन्तिम खेलमा नेपाल स्कटल्याण्डसंग पराजित भएको छ ।

शुक्रबार भएको खेलमा नेपाल स्कटल्याण्डसंग ३४ रनले पराजित भएको हाे । स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा अलआउट हुँदै १५९ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रुपेश सिंहले अविजित ४३ रन बनाए भने दिपेन्द्रसिंह ऐरीले ३४ र कप्तान रोहित पौडेलले २७ रन बनाए ।आसिफ शेख १४ र आरिफ शेख ५ रनमात्रै जाेडे।

बलिङतर्फ स्कटल्याण्डका क्रिस ग्रिभ्सले ३ ओभरमा २७ रन दिएर ३ विकेट लिए । सफिया सरिफले २ विकेट लिँदा मार्क वाट, माइकल लिस्क र ब्रान्डन म्याकमुलेनले १-१ विकेट लिए ।

त्यसअघि जर्ज मन्सेकाेमा भएको खृलमा स्कटल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर १९३ रन बनाउँदै नेपाललाई १९४ रनको लक्ष्य दिएको थियो ।

उसका लागि ओपनर जर्ज मन्सेले ३९ बलमा ५ चौका र ६ छक्काको मद्दतले ७८ रन बनाए । त्यस्तै ब्रान्डन म्याकमुलेनले ४२ रन बनाए । माइकल लिस्क २६ तथा म्याथ्यु क्रस १७ रनमा अविजित रहे ।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले २ ओभरमा २० रन दिएर २ विकेट लिए । सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश सिंहले १-१ विकेट लिए ।

यस शृंखलामा हालसम्म नेपालले ४ खेलमध्ये २ खेल जित्दा २ मा पराजित भयो । नेदरल्याण्ड्ससँग सुपर ओभरमा पराजित भएको नेपालले स्कटल्याण्डलाई हराउँदा बिहीबार नेदरल्याण्ड्सलाई हराएको थियो ।

स्कटल्याण्डले पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएपछि स्कटल्याण्ड नेपालसँग र नेदरल्याण्ड्ससँग पराजित भएको थियो ।यस शृंखलामा सबै टोलीले २-२ खेल जिते ।

Related posts

न्युजिल्यान्डलाई हराउँदै भारत विश्वकप क्रिकेटको फाइनलमा

MadhesKhabar

पर्सा स्ट्राइकरले जित्यो वीरगन्ज सुपर लिगको उपाधी

MadhesKhabar

त्रिदेशीय टि–२० सिरिजमा युएईलाई ७ विकेटले हराउँदै नेपालको विजयी सुरुवात

MadhesKhabar

Leave a Comment