Madhes Khabar
खेलकुद

त्रिदेशीय टि–२० सिरिजमा युएईलाई ७ विकेटले हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौं,१कार्तिक : त्रिदेशीय टि–२० सिरिजमा नेपालले युएईलाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा बुधबार भएको खेलमा जितको लागि पाएको १ सय ४१ रनको मध्यम लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो ।

नेपालको जितमा कप्तान रोहित पौडेल ४० बलमा ५ चौकासहित ५१ रनमा नट आउट रहे । दीपेन्द्रसिंह ऐरी २३ बलमा ३ चौका र १ छक्कासहित ३४ रनमा नट आउट रहे ।आसिफ शेखले २३ ,ओपनर कुशल भुर्तेललले १४ , कुशल मल्लले ११ रन, मा रन आउट भए ।
बलिङतर्फ युएईका अली नासिर र निलान्श केश्वानीले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रन बनाएको थियो ।
नेपालको जितमा करण केसीले ४ ओभरमा १९ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । गुलशन झाले ३ ओभरमा ११ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ३ ओभरमा २१ रन खर्चेर १ विकेट लिए । अभिनाश बोहराले ४ ओभरमा ३८ रन खर्चेर १ विकेट लिए । नेपालले दोस्रो खेल बिहीबार हङकङसँग खेल्नेछ ।

Related posts

नेपाली महिला फुटबल टिमका खेलाडीलाई सरकारले जनही ३ लाखले सम्मान गर्ने

MadhesKhabar

विश्वकपमा छनोट हुने नेपाली क्रिकेट टिमलाई ५० लाख नगदसहित सम्मान गर्ने क्यानको निर्णय

MadhesKhabar

वीरगन्जमा आयोजित प्रदेश स्तरीय फुटबलमा सिरहाको विजयी सुरुवात

MadhesKhabar

Leave a Comment