Madhes Khabar
खेलकुद हेडलाइन

वीरगन्जमा आयोजित प्रदेश स्तरीय फुटबलमा सिरहाको विजयी सुरुवात

मधेसखबर
वीरगन्ज ,११चैत : वीरगन्जमा आयोजित दोश्रो मधेस प्रदेश स्तरीय फुटबल प्रतियोगितामा सिरहाले विजयी सुरुवात गरेको छ ।

पूर्व प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसमा गिरिजा प्रसाद कोइराला फाउण्डेसन पर्साले वीरगन्जमा आयोजना गरेको प्रदेश स्तरीय फुटबल प्रतियोगितामा सिरहाले विजयी सुरुवात गरेको हो ।

आदर्शनगर रंगशालामा शनिबार भएको उद्घाटन खेलमा महोतरीलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सिरहाले प्रतियोगितामा सुखद सुरुवात गर्दै सिधै सेमीफाइनलमा पनि स्थान बनाएको छ ।

खेल अवधिभर महोतरी माथि एकपक्षीय रुपमा हाबी रहेको सिराहाका लागि खेलको १४ औं मिनेटमा विनु आलेमगरले हेड मार्फत गोल गरि टिमलाई अग्रता दिलाएका थिए । तर त्यसको दुइ मिनेट नबित्दै महोतरीका दिपेश राइले गोल फर्काएर खेल १–१ को बराबरीमा पुरयाएका थिए ।

खेलको २३ औं मिनेटमा महोतरीको डिबक्स एरिया भित्रै सिरहाका खेलाडीलाई महोतरीका खेलाडीले लडाएरफल गरेपछि पाएको पेनाल्टीको सदुपयोग गरि सनम थापाले गोल गरेपछि सिरहाले अग्रता दोब्बर पारेको थियो । त्यसपछि खेलको ३८ औं मिनेटमा सिरहाका सुजन पुलामीले आफनो टिमका लागि थप एक गोल गरेपछि पहिलो हाफमा सिरहाले ३–१ को अग्रता बनाएको थियो ।

खेलको दोश्रो हाफमा महोतरीले आफनो खेलमा केहि सुधारको प्रयास गरेपनि ६९ औं मिनेटमा सिरहाका आलेमगरले डिबक्स अगाडि पाएको बललाई महोतरीको गोलपोष्ट भित्र छिराउन सफल भएपछि सिरहाले खेल ४–१ को फराकिलो अन्तरले जित्न सफल भयो ।

शनिबार भएको उद्घाटन खेलको म्यान अफ दी म्याच सिरहाका सुजन पुलामी घोषित भए । प्रतियोगितामा आइतबारको खेल पर्सा र सर्लाही बिच हुनेछ ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एंव सांसद अजय कुमार चौरसियाले उद्घाटन गरेको प्रतियोगितामा मधेस प्रदेशका आठ वटै जिल्लाका गरि आठ टिम सहभागी छन् । प्रतियोगिताको फाइनल खेल चैत १८ गते हुनेछ ।

गिरिजा प्रसाद कोइराला फाउण्डेसनका मधेस प्रदेश संयोजक महम्मद शाहबुद्धिनको अध्यक्षतामा भएको प्रतियोगितको उद्घाटन समारोहमा काँग्रेस पर्साका सभापति एंव प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री , फाउण्डेसनका बोर्ड सदस्य डाक्टरस शोभाकर पराजुली , काँग्रेस पर्साका उपसभापतिद्वय रामनारायण कुर्मी र अशोक कुमार गुप्ता , काँग्रेस महाधिवेशन प्रतिनिधीहरु दिनाप्रसाद गुप्ता , प्रकाश उपाध्याय , रामरुप कुर्मी , मनोजा चौधरी , शम्भु चौहान , काँग्रेसका वीरगन्ज महानगरसभापति मणिन्द्रलाल श्रेष्ठ , नगरसहसचिव दिपक साह , पूर्वनगर सचिव मनोहर साह ,जनमत पार्टीका नेता मुकेश द्धिवेदी , फाउण्डेसन पर्साका अध्यक्ष धिरज कुमार गुप्ता लगायतको पनि सहभागीता थियो ।

Related posts

स्पेन पहिलो पटक विश्वकपको सेमिफाइनलमा

MadhesKhabar

वीरगन्जको गीता मन्दिरमा श्रीकृष्ण जन्माष्टमी पर्बको रौनक (फोटो फिचर)

MadhesKhabar

भारतसंग अस्ट्रेलियाकाे लज्जास्पद हार

MadhesKhabar

Leave a Comment