Madhes Khabar
धर्म/संस्कृति हेडलाइन

गहवामाईको डोली यात्रा वीरगन्जमा चैत २३ गते निकालिने

वीरगन्ज,१२चैतःवीरगन्जमा गहवमाई माताको दोस्रो डोली यात्रा यहि चैत २३ गते निकालिने भएको छ । वीरगन्जको प्रमुख शक्तिपिठ गहवामाई मन्दिरबाट गत वर्षदेखि गहवामाई माताको डोली यात्रा निकाल्न थालिएको हो ।

यस वर्षपनि चैत २३ गते शनिबारका दिन गहवमाईको दोस्रो डोली यात्रा निकाल्न लागिएको माईस्थान मन्दिर सञ्चालक समितीका अध्यक्ष्ँ नरेन्द्र साहले जानकारी दिए ।

चैत २३ गते अर्थात चैते दशैंको अष्टमीका दिन निकालिने डोली यात्राका लागि तयारी सुरु भइसकेको जानकारीपनि उनले दिए । उनका अनुसार, चैत २३ गते शनिबारका दिन अपरान्ह ४ बजे गहवामाई मन्दिरको प्रांगणबाट निशानसहित गहवामाईको डोली यात्रा सुरु हुनेछ । त्यसअघि दिउँसो २ बजे गहवामाईको डोली र निशानको विशेष पूजा हुनेछ । त्यसपछि २ नम्बर रोड,वीर्ता मन्दिर हुदैं त्यहाँँबाट अलखीयामठ, महावीरस्थान, माईस्थानको चोक परिक्रमा गर्दै डोली यात्रा पुन गहवामाई मन्दिर प्रांगणमा पुगेर समापन हुनेछ ।

डोली यात्रापछि शनिबार नै साँझ गहवमाई मन्दिर अगाडि महाआरतीको कार्यक्रम रहेको अध्यक्ष साहले बताए । डोली यात्रामा सहभागी हुने भक्तजनहरुलाई गहवामाईको तस्बिर अंकीत निशान यसपालिपनि वितरण गरिनेछ । डोली यात्राको सहयोग स्वरुप प्रति निशानको शुल्क ३ सय ५० रुपैयाँ तोकिएको साहले बताए । अध्यक्ष साहका अनुसार, गत वर्षको पहिलो डोली यात्रामा ६ सय ५० वटा निशान वितरण गरिएको थियो।

 

Related posts

कश्मीरकाे आतंकवादी हमलाले नेपालमापनि सुरक्षा चिन्ता बढाएकाे राष्ट्रिय एकता अभियानकाे ठहर

MadhesKhabar

वीरगन्ज चिनी कारखानासहित बन्द उद्योगहरु चलाउन भारतकाे टाटा समूह इच्छुक

MadhesKhabar

अझै पाँच दिन गर्मी बढ्ने , घरबाट बाहिर ननिस्किन सुझाव

MadhesKhabar

Leave a Comment