Madhes Khabar
स्वास्थ्य हेडलाइन

चार महिनापनि नबित्दै फेरिए नारायणी अस्पतालका मेसु : डा. दासले पाए प्रमुख मेसुको जिम्मेवारी

वीरगन्ज,६असोजःवीरगन्जको नारायणी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु) चार महिनापनि नबित्दै परिवर्तन भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशकदेखि अस्पताल प्रमुखहरुको जिम्मेवारी हेरफेर गर्ने क्रममा नारायणी अस्पतालका मेसुपनि फेरिएका हुन् ।

मन्त्री पौडेलले नारायणी अस्पतालको प्रमुख मेसुको जिम्मेवारी ११ औं तहका चिकित्सक डाक्टर चुमनलाल दासलाई दिएका छन् । दास, स्वास्थ्य मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखाको प्रमुख थिए ।

यसअघि गत जेष्ठ १३ गतेमात्रै नारायणी अस्पतालको निमित्त मेसुको जिम्मेवारी डाक्टर एनामुल हकले पाएका थिए ।पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव स्वास्थ्यमन्त्री बनेलगत्तै तत्कालीन निमित्त मेसु डाक्टर चितरञ्जन साहलाई हटाएर दशौं तहका चिकित्सक डाक्टर हकलाई निमित्त मेसुको जिम्मेवारी दिएका थिए ।

डाक्टर हक निमित्त मेसु भएको ४ महिनापनि नबित्दै हालका स्वास्थ्यमन्त्री पौडेलले उनको जिम्मेवारी खोस्दै ११ औं तहका चिकित्सक डाक्टर दासलाई प्रमुख मेसुको जिम्मेवारी दिएका हुन् । डाक्टर हक यसअघि २०७५ सालमापनि नारायणी अस्पतालको निमित्त मेसुको जिम्मेवारी करिब ११ महिना सम्हालेका थिए ।

 

Related posts

अत्याधिक गर्मीका कारण वीरगन्ज महानगरका विद्यालयहरु ८ दिनका लागि बन्द

MadhesKhabar

वीरगन्जका सुजीत यादवले इरानमा हुने एसियाली कुस्ती च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्दै

MadhesKhabar

वीरगन्ज गाेल्डकप फुटबल फागुनमा

MadhesKhabar

Leave a Comment