Madhes Khabar
राष्ट्रिय हेडलाइन

सिमलताल दुर्घटनाका थप २ यात्रुको शव बिहारको बगाहामा भेटियो

फाइल तस्बिर ।

काठमाडौं,४साउनःचितवनको सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका थथप २ जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले बिहिबार राति करिब साढे ९ बजेको समयमा भारत बिहारको पश्चिमी चम्पारणको बगाहा स्थित नारायणी नदीमा २ वटा शव फेला पारेको हो ।ती दुवै शवको पहिचान भने भइसकेको छैन ।

भारतीय भूमिमा फेला परेकामध्ये एउटा शव ल्याइएको र एउटा ल्याउन बाँकी रहेकोे सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।उनका अनुसार,योसँगै हालसम्म २३ जना यात्रुको शव फेला परेको छ ।

गत असार २८ गते शुक्रबार बिहान साढे ३ बजे चितवनको भरतपुर महागरपालिका–२९, सिमलतालमा पहिरो गएको थियो ।लेदोसहितको पहिरोले वीरगन्जबाट काठमाडौं जाँँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीमा खसालेको थियो । दुवै बसमा ६५ जना यात्रु सवार रहेको बताइएको छ । हालसम्म बेपत्ता दुवै बस पनि फेला पर्न सकेको छैन ।साभारः अनलाइनखबर

 

Related posts

वीरगन्ज नाकाका दुबै भन्सार कार्यालय राजश्व लक्ष्य पुरा गर्न फेरि असफल

MadhesKhabar

चिसाे बढेपछि वीरगन्ज , पाेखरिया र जिराभवानीमा विद्यालयहरु बन्द

MadhesKhabar

जगरनाथपुरको प्राथमिकतामा ‘वृक्षारोपण अभियान’ : फेरि १० बिघामा रोपियो १५ हजार बढी विरुवा

MadhesKhabar

Leave a Comment