Madhes Khabar
राष्ट्रिय हेडलाइन

सिमलताल दुर्घटनाका थप २ यात्रुको शव बिहारको बगाहामा भेटियो

फाइल तस्बिर ।

काठमाडौं,४साउनःचितवनको सिमलताल पहिरोमा परी त्रिशूलीमा बेपत्ता भएका बसका थथप २ जना यात्रुको शव भारतीय भूमिमा फेला परेको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले बिहिबार राति करिब साढे ९ बजेको समयमा भारत बिहारको पश्चिमी चम्पारणको बगाहा स्थित नारायणी नदीमा २ वटा शव फेला पारेको हो ।ती दुवै शवको पहिचान भने भइसकेको छैन ।

भारतीय भूमिमा फेला परेकामध्ये एउटा शव ल्याइएको र एउटा ल्याउन बाँकी रहेकोे सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।उनका अनुसार,योसँगै हालसम्म २३ जना यात्रुको शव फेला परेको छ ।

गत असार २८ गते शुक्रबार बिहान साढे ३ बजे चितवनको भरतपुर महागरपालिका–२९, सिमलतालमा पहिरो गएको थियो ।लेदोसहितको पहिरोले वीरगन्जबाट काठमाडौं जाँँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई त्रिशूलीमा खसालेको थियो । दुवै बसमा ६५ जना यात्रु सवार रहेको बताइएको छ । हालसम्म बेपत्ता दुवै बस पनि फेला पर्न सकेको छैन ।साभारः अनलाइनखबर

 

Related posts

गहवामाई रथ यात्राका दिन वीरगन्जका सबै विद्यालयहरुमा विदा दिने महानगरकाे निर्णय

MadhesKhabar

वीरगन्जको विद्युत प्राधिकरणमा तालाबन्दी गर्ने तरुण दलकाे चेतावनी

MadhesKhabar

पर्साकाे जगतियामा आगलागी हुदा फुसकाे घर जलेर नष्ट

MadhesKhabar

Leave a Comment