Madhes Khabar
राजनीति हेडलाइन

पोखरीयाका मेयरलाई कांग्रेसले बुझायो ८ बुँदे ज्ञापनपत्र, माग पुरा नभए आन्दोलनमा उत्रिने चेतावनी

वीरगन्ज,२४ भदौं : नेपाली कांग्रेसले पर्साको पोखरिया नगरपालिकामा ८ बुँदे मागसहितको ज्ञाापननत्र बुझाएकोे छ । नेपाली काांग्रेस पोखरिया नगर कार्य समितिले नगरपालिकाको बजेट, योजना , कार्यक्रम लगायतसंग सम्बन्धित ८ बुँदे माग सहितको ज्ञापनपत्र बुझाएको हो ।

कांग्रेस नगर कार्य समितिका सभापति रामबाबु प्रसाद चौहानले पोखरिया नगरपालिकाबाट भईरहेका सम्पूर्ण कामकाजको सम्बन्धमा कांग्रेसको गम्भिर ध्यानाकर्षण भएको र त्यस बारेमा सोमबार मेयर प्रधुमन चौहानलाई ८ बुँदे ज्ञापनपत्र बझुाइएको बताए ।

कांग्रेसको ज्ञापनपत्रमा चालु आर्थिक वर्ष २०८१/०८२ मा वृद्धि गरिएको मालपोत खारेज गरी जग्गाको वर्गीकरण र मूल्यांकन वैज्ञानिक ढङ्गले गर्नुपर्ने,सिफारिस शुल्क सहज र सुलभ बनाउनु पर्ने ,अन्य शीर्षकमा गरिएको कर वृद्धि खारेज गर्नुपर्ने, नागरिकले कानुन बमोजिम सूचना माग्दा कानुनले तोकेको समयावधि भित्र सरल र सहज तरिकाले सूचना उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

यस्ततै हाट बजारको ठेक्का र कर असुली पारदर्शी गर्नुपर्ने ,नगर प्रहरीले दादागिरी शैलीबाट हाट बजार शुल्क उठाउदै आएकोमा त्यसलाई रोक्नुपर्ने , शिक्षा र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनुपर्ने ,विकास निर्माणको काममा पारदर्शिता र सुशासन कायम गर्नु पर्ने , नगरपालिकामा कार्यरत कर्मचारीहरुको ८ महिनादेखि रोकिएको तलब यथाशिघ्र एकमुष्ठ उपलब्ध गराउनुपर्ने,पोखरियामा नगरसभा गृहको लागी जग्गा उपलब्ध गराउन पहल गर्नु पर्ने माग कांग्रेसको छ ।

यी मागहरु यथाशिघ्र सम्वोधन नभएमा कांग्रेस पार्टी विरोधका कार्यक्रमसहित आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी समेत कांग्रेस पोखरिया नगर कार्यसमितिले दिएको छ ।ज्ञापनपत्र बुझाउन गएको टोलीमा कांग्रेसका क्षेत्रीय सभापति श्रीकृष्ण चौहान, कांग्रेस युवा नेता तथा पूर्व मेयर दिपनारायण रौनियार लगायतका नेताकार्यकर्ताहरुको पनि सहभागीता थिथयाो ।

 

 

Related posts

आन्तरिक राजस्व बढाउन नसक्दा कमजोर बन्दै पर्साका स्थानीय तह

MadhesKhabar

वीरगन्जमा आएका स्वास्थ्यमन्त्री पौडेलको निर्देशन : हैजा फैलिनुको कारण छिट्टो पत्ता लगाउनुस्

MadhesKhabar

नेपाललाई प्लाष्टिक प्रदूषणमूक्त बनाउन प्रतिबद्ध छु : वनमन्त्री यादव

MadhesKhabar

Leave a Comment