Madhes Khabar
खेलकुद

विश्वकपमा छनोट हुने नेपाली क्रिकेट टिमलाई ५० लाख नगदसहित सम्मान गर्ने क्यानको निर्णय

काठमाडांै,२० कार्तिक : नेपाल क्रिकेट संघ (क्यान)ले आइसीसी टी–२० विश्वकपमा छनोट हुने नेपाली राष्ट्रिय टोलीलाई ५० लाख नगद पुरस्कारबाट सम्मान गर्ने भएको छ।

सोमबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले हालै नेपालमा सम्पन्न प्रतियोगितामा उपविजेता भई अमेरिका र वेस्ट इन्डिजमा हुने आगामी टी–२० विश्वकपमा छनोट हुने नेपाली टोलीलाई ५० लाख नगदसहित सम्मान गर्ने निर्णय गरेको क्यानका सचिव पारस खड्काले जानकारी दिए।

त्यस्तै यु–१९ टोलीका सदस्यलाई जनही ५० हजारका दरले नगद पुरस्का दिइनेपनि क्यानले जनाएको भएको छ। मलेसियामा सम्पन्न एसीसी यु–१९ प्रमियर कपको उपाधि जितेर एसिया कपमा छनोट भएको युवा टोलीलाई नगदसहित सम्मान गरिने सचिव खड्काको भनाइ छ।

त्यस्तै हङकङमा आयोजना हुने चार देश सम्मलित महिला टी–२० आई सिरिजमा राष्ट्रिय महिला क्रिकेट टोलीको सहभागिता हुने भएको छ। सचिव खड्काका अनुसार एसिया छनोटको फाइनमा संकलित कूल रकमको ५० प्रतिशत भुकम्प पीडितको उद्धारका लागि सहयोग गर्ने निर्णयसमेत भएको छ।साभारः अन्नपूर्णपोष्टबाट

Related posts

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीसंग मधेस पराजित

MadhesKhabar

वीरगन्ज गाेल्डकपकाे पहिलाे सेमिफाइनलमा आज वीरगन्ज र पुलिस क्लब भिड्दै

MadhesKhabar

सर्लाही हराउँदै वीरगन्ज सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment