Madhes Khabar
खेलकुद

वीरगन्ज गाेल्डकपकाे पहिलाे सेमिफाइनलमा आज वीरगन्ज र पुलिस क्लब भिड्दै

वीरगन्ज,२२कार्तिक :वीरगन्ज गोल्डकप फुटबलको पहिलाे सेमिफाइनल खेल आज बुधबार हुदैछ।आदर्शनगर रंगशालामा दिउँसाे २.३० बजेदेखि सुरु हुने पहिलाे सेमिफाइनल खेलमा आयाेजक भेट्रान सिटी क्लब वीरगन्ज र नेपाल पुलिस क्लब भिड्नेछन्।

नकआउट चरणामा वीरगन्जले भारतको दिल्लीलाई र पुलिस क्लबले भारतको कोलकत्तालाई हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन् ।

यसअघि मंगलबार भएको खेलमा झापा एफ.सी.लाई २–० गोलले हराउँदै आर्मी क्लबले सेमिफाइनलको यात्रा तय गरेको थियाे ।

मंगलबारको विजेता आर्मीले अब फाइनल प्रवेशका लागि बिहीबार हुने दोश्रो सेमिफाइनल खेलमा संकटा क्लब काठमाडौंको सामना गर्नेछ ।संकटा क्लब नकआउट चरणमा चर्च ब्वाइज युनाइटेड नवलपरासीलाई पाखा लगाउँदै सेमीफाइनलमा प्रवेश गरेको हो ।

मधेस प्रदेशकै सबैभन्दा उच्च धनराशीको यो प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा नेपालका ६ र भारतका दुई गरी कूल आठ टिम सहभागी छन्।

वीरगन्ज महानगरपालिकाको मुख्य प्रायोजनमा आयोजित प्रतियोगिताको उपाधि उपविजेता टिमलाई नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेता टिमलाई नगद ५ लाख ५५ हजाार ५ सय ५५ रुपैयाँ पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रेस संयोजक तिवारी यादवले जानकारी दिए ।

Related posts

विश्वकप फुटबलमा आज ब्राजिल र क्राेएसिया तथा अर्जेन्टिना र नेदरल्यान्ड भिड्दै

MadhesKhabar

आईपीएलमा आज मुम्बई र हैदराबाद भिड्दै

MadhesKhabar

साफ यू–१९ फुटबल : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

MadhesKhabar

Leave a Comment