Madhes Khabar
खेलकुद

साफ यू–१९ फुटबल : माल्दिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौं,८असोजः माल्दिभ्सलाई हराउँदै नेपाल साफ यू–१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ ।काठमाडौंको दशरथ रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले हराउँदै अन्तिम चारको यात्रा तय गरेको हो ।

नेपाललाई जिताउन समीर तामाङले २ तथा प्रशान्त लक्सम र निराजन धामीले एक एक गोल गरेका हुन् । माल्दिभ्सका लागि एक मात्र सान्तवना गोल आदम रशिदले गरेका हुन् ।

सेमिफाइनलमा अब नेपालले अब भुटान र भारतबिच सोमबार नै हुने खेलको विजेतासँग खेल्ने छ ।

 

Related posts

सिमरा गाेल्डकप : हिमालयन शेर्पा सेमिफाइनलमा

MadhesKhabar

भारतविरुद्धको टेष्ट सिरिजमा न्युजिल्यान्डको ऐतिहासिक क्लिन–स्विप

MadhesKhabar

विश्वकप क्रिकेटमा न्युजिल्यान्डकाे सानदार विजयी सुरुवात

MadhesKhabar

Leave a Comment